काठमाडौं –कांग्रेस वृत्तमा शंकास्पद भूमिकाका कारण विवादस्पद रहँदै आएका सभासद् अमरेशकुमार सिंह र गगनकुमार थापा पार्टी,संसदीय दल,प्रमूख सचेतक र संसद् सचिवालय कसैलाई पनि जानकारी नदिइ विदेश विदेश सयरमा निस्किएका छन् । नेपाली राजनीतिकै विवादास्पद व्यक्ति अमरेशकुमार सिंह भदौ ३० गते अमेरिकातिर लागेका हुन् । उनले आफ्नो विदेश भ्रमणबारे प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र पार्टी तथा संसद् सचिवालयमा कुनै जानकारी गराएका छैनन् । उनी एकैपटक वासिंगटन डीसी पुगेका कुरा फेसबुकमार्फत सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र उनको भ्रमणबारे खैलाबैला मच्चिएको छ । उता आफूलाई सबैभन्दा पारदर्शी र संविधान लेखनमा दत्तचित्त रहेको देखाउने गगन थापा पनि कसैलाई जानकारी नदिई गैरआवासीय नेपालीको पाहुना बनी जापान पुगेका छन् । संसदीय समितिको सभापति समेत रहेका थापाले संसदीय सचिवालय,आफ्नै समिति र कांग्रेस पार्टीलाई समेत जानकारी नदिई हिँडेको कांग्रेस स्रोतले बतायो । आजको साँघु साप्ताहिकमा खबर छ ।
1 comments
Write Down Your Responses
September 22, 2014 at 10:06 PM
सत्ता [कुर्ची] बाटै मनपरी धन कमाउन,लुट गर्न,बिदेस लाइ पानि पधेरो जस्तै बनाउन आदि इत्यादि गर्न पाइदो रहेछ भन्ने कुरा बुझेका कुनै पनि बहादुर ले जनतालाई भ्रम मा पार्न झुटा आश्वासन,चटके भाषण,रसिला र गुलिया बचन,फोश्रा नारा दियर जनमत लियर माथि जान्छन यो नै नेपालका राजनितिज्ञहरुको बिषेसता तेसैले यिनीहरुको यो बिदेस भ्रमण बारे तेती ठुलो मसला बनाउन उचित देखिदैन .