मानिसको आँखाबाट दुःख दायी आँसु झर्ने गरेको सबैलाई थाहा भएकै कुरा हो । तर कहिलेकाहीँ हर्षका आँसु पनि र्झछन् । बिस्मात्का आँसुले मन रोएको हुन्छ भने हर्षका आँसुले खुशीले गद्गद् भएको जनाउँछ। तर आँसुले यति मात्र जनाएको हुँदैन, अस्ट्रेलियाका वैज्ञानिकले आँसुबाट व्यक्तिको स्वास्थ्यसम्बन्धी जानकारी पनि प्राप्त गर्न सकिने पत्ता लगाएका छन्
वैज्ञानिकका अनुसार आँसुमा पाइने एल.जी. नामक प्रोटिनबाट स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। यसबाट भविष्यमा क्यान्सर हुन्छ वा हुँदैन थाहा पाउन सकिन्छ। जुन व्यक्तिको आँसुमा एल.जी. तत्त्व पाइन्छ त्यस व्यक्तिका परिवारमध्ये कसैलाई क्यान्सर भएको हुन सक्छ । ऊ आफैंलाई पनि क्यान्सर भइसकेको वा भविष्यमा हुन सक्ने सम्भावना हुन्छ। जसलाई क्यान्सर भएको छ, उसको आँसुमा एल.जी. प्रोटिनको मात्रा बढ्न सक्छ। त्यसैले आँसुबाट क्यान्सरको सम्भावना र अवस्थाबारे पहिचान गर्न सकिने भएको छ।
सिड्नीको न्युवेल्स विश्वविद्यालयको नेत्र अनुसन्धान केन्द्रका वैज्ञानिकले आँसुसम्बन्धी अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाएका हुन्।
आँसुबाट क्यान्सर जानकारी हुने र नहुने थाह पाउन सकिने
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses