सहानाको परिवारमा अर्को शोक, हजुरआमा वितेकै दिन नातीको पनि निधन
संयोज वा समयको खेल मृत्यले ठूलो सानो भन्दै भनेझै कम्युनिष्ट आन्दोलनकी नेतृ सहाना प्रधानको निधन भएकै दिन परिवारमा तीन बर्षिय नातिको निधनले अर्को पीडा थपेको छ । सहानाकै वियोगमा पीडा झेलिरहेको परिवारले अर्को पीडा भोग्नु परेको छ । प्रधानका देवर जितेन्द्रदेव श्रेष्ठका साढे तीन बर्षिय नाती जेनिस श्रेष्ठको आज मरुटोलस्थितत निवासमै पाँचौ तलाबाट खसेर मृत्यु भएको छ । प्रधानको निधनका कारण बच्च हेर्न उचित वातावरण नहुँदा बालक लड्न पुगेको परिवारले जनाएको छ । श्रेष्ठलाई उपचारका क्रममा वीर अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । प्रधानको शव पशुपति आर्यघाटमा अन्त्यिेष्टिका लागि लैजाने तयारी भइरहेको बेला श्रेष्ठको पनि निधन भएपछि एकैचोटी पशुपति लगिएको छ ।
0 comments
Write Down Your Responses