चिडियाखानामा बाघले युवक मार्यो
काठमाडौं, आश्विन ७ । भारतको दिल्लीस्थित चिडियाखानामा सेतो बाघले एकजना विद्यार्थीलाई मारेको छ । चिडियाखानाका प्रबन्धक रियाज खानले उक्त किशोर बाघ हेर्दै गर्दा चिप्लिएर बाघ बसेको ठाउँमा पुगपछि उनलाई बाघले आक्रमण गरेको जनाएका छन् ।
एकजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बाघ राखिएको स्थानको होचो पर्खाल माथिबाट ती युवक खसेपछि बाघले सुरु मै गर्धनमा आक्रमणगरेको थियो ।
करिब १०/१५ मिनेट बाघको पन्जामा रहेका उनलाई कसैले सहयोग गर्न सकेन र उनको मृत्यु भयो । मृत्यु भएका विद्यार्थीको भने पहिचान खुल्न नसकेको जनाइएको छ । - See more at: http://imagekhabar.com/samachar/detail/41686/28/.shtml#sthash.ltEkMZCf.2oR78tsZ.dpuf
0 comments
Write Down Your Responses