सवारी दुर्घटनामा परी एमाले नेता गम्भीर घाइते
भाद्र २१ । एमाले नेता तथा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रित पासवान सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो सप्तरीको शम्भुनाथस्थित लोकमार्गमा मिनीट्रकले पासवान सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको पछाडिको सिटमा रहेका पासवान गम्भीर घाइते भएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी बोरिया गाविसका अजयकुमार साह भने सामान्य घाइते भएका जनाइएको छ ।
0 comments
Write Down Your Responses