थप समय माग्दै संविधानसभामा प्रतिवदेन पठाउने संवाद समितिको निर्णय

काठमाडौं, भाद्र २१ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा छलफल गर्न थप समय माग गर्दै  सुझावसहित संविधानसभामा प्रतिवेदन पठाउने भएको छ ।

सिंहदरबार शनिबारमा बसेको समितिको बैठकले विवादित विषयलाई सहमतिमा टुंगो लगाउन प्रयास जारी राख्ने तथा सहमति भएका र विवादित विषयलाई समेत समेटेर संविधानसभामा सुझावसहितको प्रतिवेदन पठाउने निर्णय गरेको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।

संविधानसभामा पठाउने प्रतिवेदनमा बैठकहरुको विवरण, टुंगो लागिसकेका र टुंगो लाग्न बाँकी विषयलाई समेटिने जनाइएको छ ।

संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने दलहरुको प्रयास निष्कर्षमा पुग्न नसकेपछि थप समय मागेर संविधानसभामा प्रतिवेदन पठाउने निर्णय भएको हो ।

राज्य पुनःसरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा दलहरु आ–आफ्नो अडानमा कायमै रहेपछि कार्यतालिका अनुसार आज विवादित विषयमा सहमति जुट्न नसकेको हो । - See more at: http://imagekhabar.com/samachar/detail/41231/61/.shtml#sthash.cTFg3s9K.yUDdEcRP.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.