बजार कब्जा गरेर खानेपानीको मूल्यवृद्धि
पेट बोटलमा खानेपानी वितरण गरिरहेका ब्यवसायीको एक समूहले प्रतिष्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको छ ।
यसैगरी, उपभोक्ता हित संरक्षण मञ्चले ब्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धि समितिमा उजुरी दिएको थियो । उपभोक्ताको उजुरीपछि समितिले बुधवार वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई डाकेर छलफल समेत गराएको छ ।
छलफलमा खानेपानी वितरण गर्ने संघले प्रतिष्पर्धी बजारलाई हस्तक्षेप गरी कार्टेलिङ् गरेको ठहर गर्दै दोषीलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति सुवर्ण ज्वारचनले जानकारी दिए ।
0 comments
Write Down Your Responses