एक अध्ययनअनुसार काठमाडौंमा विहान ६ देखि ९ र साँझ ६ देखि ९ बजेको समय स्वास्थ्यका लागि घातक

काठमाडौं ,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाको विहान ६ देखि ९ र साँझ ६ देखि ९ बजेको समय स्वास्थ्यका लागि घातक भएको जनाएको छ । परिषद्ले गरेको एक अध्ययनअनुसार अत्याधिक हावा प्रदुषणका कारण सो समय स्वास्थ्यका लागि जोखिम मानिएको हो ।
परिषद्को अध्ययनले काठमाण्डौं उपत्यकाको वायुमा हानिकारक कणहरु राष्ट्रिय मापदण्ड भन्दा करीब दुई गुणा बढी रहेको देखाएको छ । वाह्य वायुमा पाइने २.५ माइक्रोमिटर भन्दा कम आकारका धुलोका कणहरू विहान ५ बजेबाट लगातार रुपमा बढ्दै जाने र ९ बजेसम्म अत्याधिक रहने; त्यसपछि विस्तारै घट्दै गएपनि साँझ ६ देखि ९ बजेको समयमा फेरि बढ्दै जाने क्रम पाइएको हो । वाह्यवायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कणहरू सास लिँदा सोझै फोक्सोमा पुग्न सक्छन् ।
नेपालले २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माईक्रोग्राम प्रति घनमिटर सम्मलाई सामान्य मानेको भएपनि उपत्यकाको विहानको हावामा यसको मात्रा ८०.५ सम्म पाइएको छ । यही समयमा प्रायः मानिसहरू शारीरिक अभ्यासको लागि घरबाहिर निस्कने भएकाले यसले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगहरू बढ्ने जोखिम बढाएको परिषद्ले जनाएको छ ।
परिषद्का सदस्यसचिव डा. खेम कार्किका अनुसार काठमाण्डौं उपत्यकामा विहानको हिँडडुल र शारीरिक अभ्यास जोखिमपूर्ण बनेको छ ।
परिषद्ले २०७० फागुनदेखि २०७१ साउनसम्मको ६ महिनाको अवधिको वायु मापन गरेको थियो । परिषद्ले हरेक १५÷१५ मिनेटको पिएम.२.५ को मात्रा मापन गर्ने गरी काठमाण्डौं उपत्यकाको पुतलीसडक, भक्तपुरको जगाती भीमसेनस्थान र ललितपुरको महालक्ष्मिस्थानमा लाइट स्क्याटर रियल टाइम एरोसोल मोनिटरिङ्ग प्रविधिमा आधारित ई—स्याम्पलर भन्ने यन्त्रको प्रयोग गरेकोे थियो । नेपालमै पहिलो पटक उच्च प्रविधिजडित यन्त्रको प्रयोगबाट २४ सै घण्टा लगातार पिएम.२.५ लाई मापन गरिएको यो पहिलो अध्ययन हो ।
स्रोत :स्वस्थ्य खबरपत्रिका
- See more at: http://www.rastriyakhabar.com/?p=12783#sthash.YdhRPDE1.tB2zs7dp.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.