बिन लादेनको शवको बारे नया गोप्य कुरा खुलासा

Bin Ladenएजेन्सी । सबैभन्दा चर्चित र ठूलो अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनको हत्या शान्ति प्रेमिहरुका लागि खुसिकै खवर थियो ।
अझ अमेरिकाका लागि उनको हत्या गर्नु ठूलो उपलब्धि नै थियो । पाकिस्तानको एबटावादमा अमेरिकी विशेष सैन्य बलले उनको हत्या गरेको थियो ।
उनको हत्या पछि अमेरिकी सेनाले उनको शवमा १ सय ३६ किलोको फलामे जंजीरले बाँधेर समुद्रमा फ्याकेको खुलासा भएको छ । यो संगै अर्को खुलासा पनि सार्वजनिक भएको छ कि, लादेनलाई हानिएको पहिलो गोली उनले छलेका थिए ।
उनलाई गोली हानिएपछि कालो झोलामा राखेर समुद्रमा डुवाइएको थियो । झोला भित्र उनको लाशसँगै जंजीर बाँधिएको थियो । जसका कारण शव पुरै डुबोस् भन्ने अमेरिकी चाहना थियो ।
अमेरिकी पूर्वरक्षा मन्त्री लियोन पेनेटाले यो खुलासा गरेका हुन् । उनले लादेनको शव समुद्रमा दवाउन लैजाँदा हवाई युद्ध पोत विमानको प्रयोग गरिएको पनि खुलासा गरेका छन् ।
पेनेटाले आफ्नो नयाँ किताव बर्दी फाइट्स मार्फत यो कुरा सार्वजनीक गरेका हुन् । उनले लेखेका छन् निकै गरुगो बनाएर शब डुवाउन लाग्दा निकै कष्ट भोग्नुपरेको थियो ।
उनले खेखेका छन्–‘शव राखिएको टेवल सहित समुद्रमा खसालिएको थियो । शव समुद्रको जती तल पुग्यो, मेच माथि माथि ।’
- See more at: http://www.nepalsandesh.com/2014/10/08/106019#sthash.jt4MSZDr.VCqzQWGa.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.