अनसन बसिरहेका अधिकारीको मृत्यु

काठमाडौं, असोज ६ –द्वन्द्वकालमा माओवादीले छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै लामो समयदेखि अनसनमा बसिरहेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसाद अधिकारीको आज अनसनकै क्रममा Nur-krishna-adhikariमृत्यु भएको छ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति विगत लामो समयदेखि अनसनमा रहेका थिए । गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो । छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए ।  उनीहरुलाई वीर अस्पतालमा विशेष व्यवस्थासहित राखिएको थियो । अस्पताल स्रोतका अनुसारको अधिकारीको सोमबार अपरान्ह ४:४० मा मृत्यु भएको हो । नन्दप्रसाद अधिकारीका पत्नी गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । - See more at: http://www.ratopati.com/2014/09/22/169266.html#sthash.HZIdo2oj.dpuf

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.