युरोपमा जवाफी आक्रमण हुनसक्ने त्रासः
काठमाडौं, आश्विन १० । युरोपका तीन हजार व्यक्ति इस्लामिक स्टेट (आइएस)को सदस्य बनेको खुलासा भएको छ । इराक र सिरियामा जारी इस्लामिक स्टेटको अभियान सफल बनाउन उनीहरु सामेल भएको युरोपको आतंकवाद नियन्त्रण विभागले जनाएको हो ।
विभागका प्रमुख गिलेस डी कर्चोवले पश्चिमी हवाई आक्रमणको जवाफमाउनीहरुले युरोपमा जवाफी आक्रमण गर्नसक्नेतर्फ सचेत पनि गराएका छन् । तीन हजार व्यक्तिमा युद्धका क्रममा मारिएका र फर्किएकाहरु पनि सामेल रहेको उनको भनाइ छ ।
उता, बेलायतमा भने इस्लामिक स्टेटविरुद्ध हवाई आक्रमणमा सामेल हुने कि नहुने भन्नेमा मतदान हुँदैछ । आइएस विद्रोहीका कारण हजारौंहजार कुर्द र शिया सर्वसाधारण सिरिया छाडेर टर्कीतर्फ पलायन भएका छन् ।
अहिलेसम्म आइएसविरुद्ध अमेरिका एक्लैले करिब दुई सय पटक हवाई आक्रमण गरिसकेको छ । (एजेन्सी) - See more at: http://imagekhabar.com/samachar/detail/41793/28/.shtml#sthash.1q410Owq.rp1eJUP2.dpuf
युरोपका ३ हजार व्यक्ति इस्लामिक स्टेटको सदस्य ,जवाफी आक्रमण हुनसक्ने त्रासः
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses