होटलमा मस्ती गर्दागर्दै सुराकी लागेपछि…

तेह्रथुम, १० असोज । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ्गमा यौनजन्य गतिविधिमा मस्त रहेको एकजोडीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
बिहीबार साँझ सदरमुकामको निलकमल होटलको कोठाभित्र यौनजन्य यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी युवायुवीलाई प्रहरीले पक्रेको हो । सुराकीको आधारमा होटलमा छापा मार्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
होटलमा छापामार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवती आपत्तिजनक अवस्थामा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बिदुर गौतमले जानकारी दिए ।


पक्राउ परेका युवा–युवतिको नाम भने प्रहरीले खुलाएको छैन। पक्राउ परेका युवकको घर बिराटनगर र युवतीको भने तेह्रथुम रहेको प्रहरीले जनाएको छ । तेह्रथुममा प्रहरीले खुलेआम रुपमा यौन व्यवसाय संचालन भइरहेको सूचनाका आधारमा होटलहरुमा छापा मार्ने क्रममा तीव्रता दिएको छ । एकसाता अघि पनि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट एक जोडीलाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.