क्यासिनो र युवतीमा १० करोड उडेपछि....

काठमाडौं । क्यासिनो भित्रको रंगिन दुनियाँमा रमाएर आफ्नो जिन्दगीलाई श्याश्वेत बनाउनेहरु राजधानीमा धेरै छन् । तीनैमध्ये एक हुन अनिशभक्त सुवाल । राजधानीको एक घरानिया परिवारमा जन्मिएका सुवाल पढाईले् आईटी इन्जिनियर हुन् । आईटीसम्बन्धि सीपमा उनी  निकै दक्ष थिए । त्यही दक्षताको कारण हिमालयन बैंकमा जागिर पाइहाले । आफ्नो क्षमता देखाउदै छोटो अवधिमै उनी बैंकको कार्ड सेन्टरको प्रमुख समेत बने ।
तर गलत संगतले विस्तारै उनको जीवनशैली फेरिदै गयो । बैंकमा भन्दा उनी बाहिर रमाउन थाले । हरेक साँझ उनी क्यासिनोको रंगिन दुनियाँमा हराउन थाले । साथीभाईका साथ नयाँ नयाँ युवती लिएर उनी क्यासिनोमा जुवा खेल्न जान्थे । अधिकांश समय होटलमै बास हुनथाल्यो । त्यसपछि उनलाई बैंकको तलब र परिवारको सम्पतीले पुगेन ।



पैसा नपुगेपछि तिक्ष्ण दिमागलाई गलत बाटोमा प्रयोग गरे । बैंकलाई थाहै नदिई बैंकबाट लाखौं निकाल्न थाले । कार्ड सेन्टरको प्रमुख भएकाले एटिएम सम्बन्धि सम्पूर्ण नियन्त्रण उनकै हातमा थियो । त्यसकारण उनले बैंकलाई सजिलै झुक्याउन सक्थे । एटिएमबाट आफुलाई चाहेअनुसार पैसा निकाल्थे । सामान्यतया एटिएमबाट बैंकले तोकेको लिमिट भन्दा  धेरै पैसा निकाल्न मिल्दैन । तर उनले आफ्नो एटिएमबाट जतिपनि पैसा निकाल्न सक्ने गरी सफ्टवेयर मिलाएका थिए । जती पैसा निकाले पनि उनको खाताबाट पैसा घट्द्नथ्यो, कारण सबै सफ्टवेयर उनकै हातमा थियो ।
त्यसरी पटक पटक गरेर उनले ५ करोड ७४ लाख ४८ हजार २ सय ५० रुपैयाँ निकाले । पछि बैंकले थाहा पाएपछि उनीमाथि अनुसन्धान थाल्यो । त्यही क्रममा उनी भारत भागे । २०६९ साल भाद्र २८ गते भागेका सुवाल तीन वर्षभन्दा लामो समय भारतमा लुक्न सफल भए । तर सधैं लुक्न सकेनन् । आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी भागेलगत्तै बैंकले प्रहरीमा उजुरी गरिसकेको थियो । लामो प्रयासपनि उनलाई पक्राउ गर्न सफल भइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । कार्कीका अुनसार त्यसरी ठगी गरेकोमध्ये करिब ५० लाख रुपैयाँ उनले क्यासिनोमा सिध्याएका थिए । भारतमा भागेपनि उलने भारतबाटै अवैध रुपमा पैसा निकालेका थिए ।
सुवालका एक साथीका अनुसार उनले एक समयमा नेपालका अधिकांश नायिका र मोडलहरुलाई आफ्नो प्रेमिका बनाइसकेका थिए । ‘हरेक महिना नयाँ मोडललाई आफ्नो गर्लफ्रेन्ड भन्दै चिनाउने गर्दथे,’ ती साथी भन्छन्,‘ कहाँबाट पैसा ल्याउछ भनेर हामी अचम्म मान्थ्यौं, भागेपछि पो थाहा भयो ।’ बैंकको मात्र नभई उनले परिवारको पनि एक करोड भन्दा धेरै पैसा उडाएको स्रोत बताउछ । अनलाइन दैनिक

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.