प्रियंका चोपडाका पाँच प्रेमी यस्ता छन् ? फोटोफिचर
प्रियंका
चोपडा बलिउडमा सफल अभिनेत्री सुन्दरी हुन् । उनले आफूले अभिनय गरेका
चलचित्र देखि लिएर गीतको माध्यमबाट समेत आफ्ना फ्यानहरुलाई सन्तुष्ट पारेकी
छिन् । कुनै न कुनै तरिकाबाट उनी समाचार हेडलाइन बनिरहन सफल छिन् । उनको
सार्वजनिक देखि ब्यक्तिगत जीवन सम्म मिडियोको चासोको विषय बनिरहन्छ ।
बलिउडकी
यी सुन्दरी धेरै सेलिब्रेटी पुरुषहरुसँग नजिक र टाढा भइन् तर उनको स्थायी
जीवन साथी को भन्छ भन्ने चाँहि अहिले पनि चासोको विषय नै छ । यहाँ हामीले
प्रियंकाले रोमान्स गरेका बलिउडका ५ पुरुषको चर्चा गरेका छौं ।
आसीम मर्चेन्ट
प्रियंकाले
आफ्नो करियर मोडलकोरुपमा शुरु गरेकी थिइन् । पछि उनले विश्व सुन्दरीको ताज
पनि पहिरिइन् । मोडलिङको समयमा उनले आसीम मर्चेन्टसँग रोमान्स गरेकी थिइन्
।विश्व सुन्दरी बनेको २ वर्षपछि आसिमसँग टाढिएकी थिइन् प्रियंका । अन्तिम
पटक सलमान खानको वान्टेडमा देखिएका आसिमले हालै मात्र प्रियंकाको जीवनमा
आधारित चलचित्र बनाउने घोषणा गरेका थिए । तर प्रियंकाले त्यसको विरोध
गरेपनि आसीमको लाइमलाइट मोसन पिक्चर्स एन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले
भने यो चलचित्र बनाइ छाड्ने अडान लिएको छ ।
अक्षय कुमार
अक्षय
कुमार विवाहित पुरुष भएपनि रोमान्स र फ्लर्टका लागि भने चर्चित छन् । यसै
क्रममा उनी प्रियंकासँग पनि जोडिन पुगे । अन्दाज नामक चलचित्रमा सँगै अभिनय
गरेपछि नजिकिएका यी २ कलाकारले मुझसे सादी करोगी र ऐतराज एवं वक्तः रेस
अगेन्स्ट मी जस्ता फिल्म सँगै खेले । उनीहरुको निकटता बढेपछि अक्षयकी पत्नी
ट्रवीङ्कलले पति अक्षयलाई प्रियंकासँग चलचित्र खेल्न नदिने बताएपछि
उनीहरुको रोमान्स सार्वजनिक भएको थियो । सार्वजनिक कार्यक्रममा यी दुई
कलाकार अहिले पनि बोल्दैनन् भने सके सम्म टाढा बस्छन् ।
हर्मन वावेजा
प्रियंका
र बाबुको काँध चढेर बलिउड छिरेका हर्मन ववेजाबीच पनि चक्कर चल्यो ।
उनीहरुले एक अर्कासँग नजिक भएको कुरा सार्वजनिकरुपमा त स्वीकार गरेनन् तर
धेरैले उनीहरुको रोमान्सबारे थाहा पाएका थिए । पछि शाहिद कपुरले यी जोडीलाई
भाँजो हालेको बताइन्छ ।
शाहरुख खान
बलिउडमा
एक पटक प्रियंका र शाहरुख खानको रोमान्सबारे पनि निक्कै चर्चा चल्यो । हुन
त यो चर्चाले आधिकारिकता पाउन सकेन तर यसले गर्दा शाहरुखको परिवारमा भने
तनाव सृजना गरेको बताइन्छ । कुनै बेला शाहरुख पत्नी गौरीकी निकट साथी रहेकी
प्रियंका यो चर्चा पछि उनीहरुको घर जान समेत नपाउने अवस्थामा पुगिन् ।
गौरीले शाहरुखलाई प्रियंकासँग काम नगर्न समेत भनेको बताइन्छ । यद्यपी यी
दुवैले कहिले पनि यो विषयमा सार्वजनिक टिप्पणी गर्नबाट भने सँधै पन्छिए ।
शाहीद कपुर
प्रियंका
चोपराको जीवनमा शाहीद कपुर पनि आए तर टिकेनन् । उनीहरुलाई थुप्रै मिडियाले
जोडीकोरुपमा ब्याख्या गरे पनि उनीहरुले यो कुरा स्वीकार भने गरेनन् ।
करिना कपुरसँग नजिकिएर धोका पाएका शाहीदले प्रियंकासँगको सम्बन्ध सार्वजनिक
नगर्न चाहन्थे । तर प्रियंका चोपराको घरमा आइटीका अधिकारीले छापामा मार्दा
उनीहरु रातिमा सँगै भेटिएका थिए । करन जोहरको कफी विद करन भन्ने
कार्यक्रममा शाहिदलाई प्रियंकाको पूर्वप्रेमी भनेर संवोधन गर्दा प्रिंयका
हाँसेर मात्र टारेकी थिइन् ।
0 comments
Write Down Your Responses