कोरियाली गायकले गाएको गीतको भिडियो, यू ट्युवले गन्न समेत सकेन
कोरियाली गायकले गाएको 'ग्याङनम स्टाइल' भन्ने गीत हाल सम्मकै सबै भन्दा बढी हेरिएको भिडियो मात्र होइन यू ट्यूवले गन्नै नसक्ने संख्यामा हेरिएको भिडियो बनेको छ ।
साइको 'ग्याङनम स्टाइल' ले यू ट्युवको भ्यू लिमिट अर्थात गन्न सकिने सीमा नै नाघेको हो ।
हाल सम्म २ अर्ब १४ करोडभन्दा बढी पटक हेरिसकिएको यो गीत अव गन्न नसिकने संख्यामा सूचीकृत भैसकेको छ ।
यो भिडियो यू ट्यूवले गन्न सक्ने संख्या भन्दा बढीले हेरिसकेको यू ट्यूवले स्वीकार गरेको छ । शुरुमा यति धेरै संख्या भन्दा बढि गणना गर्ने कल्पना आफूहरुले गर्न नसकेको स्वीकार समेत यू ट्यूवले गरेको छ ।
अहिले यो गीत कतिले हेरे भनेर हेर्न खोज्दा संख्या नै घुम्ने समस्या देखिन्छ । एजेन्सी
0 comments
Write Down Your Responses