भोटुपेलमा भिषण आगलागी, क्षतिको विवरण आउन बाँकि, आगो नियन्त्रणको प्रयास जारी

राजघाट, २० मङ्सिर, मोरङको राजघाट—७ भोटेपुलमा हिजो साँझ आगलागी हुँदा दुई विगाहा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ । हिजो साँझ ८ बजे स्थानीय मैया श्रेष्ठको धानको परालमा आगलागी भएको हो ।



स्थानीयबासी, प्रहरी र दमकको वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पूर्ण रुपमा नष्ट भएको छ । आगोलागीकोबाट ५० हजार बराबरको क्षति भएको छ भने मानविय क्षति भएको छैन् ।



आगो नियन्त्रण गर्न ४ घण्टा समय लागेको थियो । बालबालिकाले लुकेर चुरोट सेवन गरी फालेको आगोले आगलागी भएको हुन सक्ने स्थानीयबासीको अनुमान रहेको छ । aajakokhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.