बाराक ओबामाकी छोरीको स्कर्टबारे टिप्पणी गर्ने महिलाले दिईन् राजिनामा


अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीले लगाएको कपडाबारे सार्वजनिक टिप्पणी गरेर विवादमा परेकी महिला कर्मचारीले राजिनामा दिएकी छिन् ।

ओबामाका छोरीले लगाएका कपडाबारे नकारात्मक टिप्पणी गरेपछि चर्को विवादमा परेकी विपक्षी सभाषदकी मिडिया निर्देशक रहेकी एलिजाबेथ लाटेनले पदबाट राजीनामा दिएकी हुन् ।





केही दिन अघि मात्र उनले ओबामाका छोरीहरुले लगाएका स्कर्टबारे कडा टिप्पणी गरेकी थिइन् । ओबामाका छोरीहरुलाई आफू देशको राष्ट्रपतिकी छोरी हुँ भन्ने ख्याल नै नभएको भन्ने आशयको टिप्पणी गरेपछि उनी विवादमा परेकी थिइन् ।




विवाद बढ्दै जाँदा एलिजाबेथ लाटेनले पद छोडेकी हुन् । उनले क्षमा याचना सहित पद छोडेकी छिन् । यो मुद्धामा ओबामाको परिवारले कुनै प्रतिक्रिया दिएको छैन ।
एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.