सेक्‍सी बन्‍न खोज्‍दा हस्पिटलको बास

रियो दि जेनेरियो : ब्राजिललाई विश्वमै मोडेलहरूको राजधानी मानिन्छ। हुन पनि चल्तीमा रहेका र सेक्सी छवि बनाएका मोडेलको क्रेजको कुनै सीमा नै हुँदैन। त्यसैले मोडेलहरू पनि आफ्नो शारीरिक सुन्दरताका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। सुन्दर र आकर्षक देखिनु उनीहरूको पहिलो चाहना हुन्छ। यस्तै चाहनाले ब्राजिलकी सुपरमोडेल एन्ड्रेसा उराजको अस्पताल बास हुन पुगेको छ।



सन् २०१२ मा मिस बुमबुममा दोस्रो स्थान हासिल गरेपछि ब्राजिलको रंगीन संसारमा छाएकी उनी टेलिभिजन रियालिटी स्टारका साथै सफल महिला व्यवसायी पनि हुन्। २७ वर्षीया एन्ड्रेसा जति सुन्दर र सेक्सी छिन् त्यसमा अझ निखार ल्याउन प्लास्टिक सर्जरी गर्ने क्रममा सर्जरी बिग्रेपछि उनी अस्पताल भर्ना भएकी हुन्।

गत सोमबार ब्राजिलको दक्षिण सहर पोर्टो एलेग्रेस्थित द कोनसेइकौ हस्पिटल ग्रुपमा भर्ना भएकी उनको प्लास्टिक सर्जन जुलिओ भेडाभाटो थिए। एक बच्चाकी आमा एन्ड्रेसा ब्राजिलमा मोडलिङ क्षेत्रबाट सफलता पाउनेमा अग्रपंक्तिमा पर्छिन्। उनी जति सुन्दर छिन् त्यत्तिकै बिन्दास पनि भएकाले उनको नाम धेरैसँग जोडिएको छ। एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.