सावधान! कुखुराको मासुले तपाईंलाई बनाउँदैछ कमजोर


बिरामी हुँदा डाक्टरले दिएको औषधी खाँदा पनि कहिले काँही औषधीले नछोएको अनुभव गर्नुभएको छ ? यस्तो अवस्थामा दोषी तपाईंको डाक्टर हुन् कि तपाईंको औषधी ? यीमध्ये दोष कसैको पनि नहुन सक्छ । तपाईंले खाने गर्नुभएको मासुले यस्तो अवस्था सिर्जन भएको पनि हुनसक्छ । त्यसकारण सावधान रहनुहोस् । यसका लागि तपाईंले खानुभएको कुखुराको मासुमा तपाईंले ध्यान पुर्याउनुपर्ने हुन्छ ।



कुखुराको तौल वृद्धि होस् भन्नका लागि कुखुरालाई एन्टिबायोटिक्स ख्वाइन्छ, यस्ता औषधी खुवाइएका कुखुराको मासु खाने व्यक्तिहरुलाई बिरामी हुँदा एन्टिबायोटिकको असर नगर्न सक्ने एक अनुसन्धानले बताएको छ ।
सेन्टर फर साइन्स एण्ड इन्भारोन्मेन्ट (सिएसई) ले अनुसन्धानका लागि दिल्लीको शहरमा ७० प्रजातिका कुखुराको नमूना दिइयो जसमध्ये ४० प्रतिशतमा एन्बिायोटिक्स पाइयो ती मध्ये पनि १७ प्रतिशत नमूनामा एकभन्दा बढि प्रकारको एन्टिबायोटिक्स पाइयो ।
बिरामी हुँदा एन्टिबायोटिकले काम नगर्ने हुँदा रोगले कुनै व्यक्तिको मृत्यु पनि हुने भएका कारण यो निकै डरलाग्दो हुने गर्दछ । (एजेन्सी)

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.