हजार जनाको सम्पति अनुसन्धान गरिरहेका छौं: अख्तियार प्रमुख

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले १ हजार जना व्यक्तिको सम्पति गोप्यरुपमा अनुसन्धान भइरहेको बताएका छन्। संसदको सुशान तथा अनुगमन समितिमा बोल्दै कार्कीले शंकास्पद व्यक्तिहरुको खातामा ५ सय मात्रै भेटिएकाले अनुसन्धानमा चुनौति देखिएको बताए।

कार्कीले भ्रष्टाचार सानो ठूलो नहुने बताए। उनले उजुरीका आधारमा अनुसन्धान गर्ने भएकोले सानालाई समात्ने र ठूलालाई छोड्ने गरेको आरोपमा सत्यता नभएको बताए।

कार्कीले अख्तियारले क्षेत्राधिकार ननाघेको दाबी गरे। अख्तियार सुशान समितिको मातहतमा रहेकाले आफ्नो कामको बारेमा यहाँ आएर जानकारी गराउन तयार रहेको उनले उल्लेख गरे। 'नियमावली अनुसार सुशान समितिमा अख्तियार रहेको बताउँदै सबै समितिमा आउनु पर्ने भए त्यो पनि उल्लेख गरेको भए हुन्थ्यो' कार्कीले भने। समितिका सभापति शेरधन राईले नियमावलीको ब्याख्या नगर्न र समितिहरुको सम्मान गर्न कार्कीलाई निर्देशन दिएका थिए।
www.nagariknews.com

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.