“जस्ले जसरी ढाल्छ उतै ढल्किन्छु म” : अभिनेत्री गरिमा पन्त

मिडिया एनपी, काठमाडौँ १२ बर्ष पछि खोलो पनि फर्कन्छ भन्ने उखान पाका निर्देशक शम्भु प्रधानको फिल्मी जीवनमा दुरुस्तै मेल खान पुगेको छ । १२ बर्ष अघि चलचित्र सन्यासबाट १२ बर्षका लागी सन्यास लिएका निर्देशक प्रधानले आइतबार रगं बैजनीको प्रेस मिटमा आफु चलचित्र नगरीबाट नहराएको प्रस्ट्उँदै भने आमाको मुस्कान कहिल्यै पुरानो हुदैन । उनले थपे २ बर्ष अघि हास्ने आमा र अहिले हास्ने आमामा केही फरक हुँदैन, शैली फरक भएपनि मर्म भने उस्तै रहन्छ । उनले आफ्नो आगमनले अब भने निरन्तरता पाउने बताए ।




प्रधानकी श्रीमती समेत रहेकी नुतनको पटकथा तथा संवाद रहेको चलचित्र ३७ लाखमा तयार भएको प्रधानले खुलाए । सो अवसरमा अभिनेत्री गरिमा पन्तले आफ्नो फरक अभिनय रहेको र आशा बोकेको चलचित्र रंग बैजनी भएको बताइन् । यस अघि चलचित्र झोलाबाट उच्च सफलता प्राप्त गरेकी गरिमाको झोलाको उचाई रंग बैजनीले कायम गर्न सक्ला भन्ने प्रश्नमा उनले भनिन् म एउटा कलाकार हुँ मलाई जस्ले जसरी जता ढाल्नु हुन्छ म त्यतै ढल्ने हो । उनले थपिन् आशा छ मेरो पुरानो उचाईलाई यसले कायम गर्ला ।

चलचित्रमा अभिनेता दिकपालकासँग गरिमा र सुमीनाको दोहोरो प्रेम कथालाई मुख्य विषय बनाइर्एको छ । जसमा नारी नै नारीको शत्रु भएको भन्ने कुरालाई सुक्ष्म रुपमा देखाउन खोजीएको छ । काठमाडौँ र लेलेमा गरी २२ दिन छायांकन गरिएको चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे, दिक्पाल कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका मुख्य कलाकार मध्येका अर्जुन श्रेष्ठ समेत उपस्थित रहेको प्र]स मिटमा मुख्य नायिका सुमिना भने अनुपस्थित थिइन् ।

चलचित्रको कथा निर्देशक शम्भुकी धर्मपत्नी नुतन प्रधानले लेखेकी हुन् भने चलचित्र लाई उनकै छोरा सशांक प्रधानले खिचेका हुन्। मंसिर १९ गतेबाट देशभरका ६० वटा हलमा एकैसाथ लाग्ने रगं बैजनीको बजार व्यबस्थापन डिसिएन नेपालले गर्ने भएको छ ।http://medianp.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.