वास्तुशास्त्र अनुसार यौन सन्तुष्टि लिने तरिका !!!

तपाईको यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्ला तर कुरा सहि हो । जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ । यदि तपाइको यौनकक्ष वास्तु प्रतिकुल छ भने तपाईले यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन । किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईको पनि हुन्छ । सुर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ । सुर्य भनेको पुरुष र चन्द्रमा भनेको प्रकृति जब सम्भोगको समयमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा एकै विन्दुमा प्रवाहित हुन्छन् यसैलाई नै चरम सन्तुष्टी भनिन्छ ।


तर तपाईमध्ये कसैलाई मात्र यस्तो चरम आनन्द प्राप्त भएको हुन सक्छ । चरम आनन्द आउनु कुनै पुरुषार्थको खेल होइन, यो त आत्मीयता एवं प्रेमको खेल हो तर तपाईलाई प्रेममाथि अहंकारले शासन गरेको हुने हुँदायौनमा सन्तुष्टि प्राप्त गराउनमा बाधक अहंकार हुन आउँछ । अब वास्तु शास्त्रले तपाईको अहंकारलाई समन गरी प्रेमको ऊर्जा बढाउन सहयोग गर्दछ । तपाईले रतिक्रिया गर्ने ओछ्यानको दिशा अनुसार यौन जीवनको दिशा हुन्छ । वास्तु अनुसार उत्तर-पश्चिम दिशामा र दक्षिण पश्चिम दिशामा रतिक्रिया गर्दा चरम आनन्द प्राप्त हुने हुन्छ । यदि यसको विपरीत अन्य दिशामा रतिक्रिया हुन्छ भने निश्चय नै तपाईको यौन जीवन सन्तोषदायक हुँदैन । जसले गर्दा तपाई यौन सुखको खोजीमा यत्रतत्र र्सवत्र भड्कि हिडिरहनु हुनेछ । र तपाईको वैवाहिक जीवनमा पुर्ण विराम लाग्नेछ । अहिले हाम्रो अध्ययनमा वास्तु दोषको कारण पनि वैवाहिक व्यक्तिको यौन जीवन नरक हुँदै गएको देखिन्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.