धुलिखेलमा बाबा रामदेवको आयुर्वेद कलेज बन्दै ; मोदीबाट उद्घाटन हुने




काभ्रेको धुलिखेलमा निर्माण भइरहेको आयुर्वेद कलेजको उद्घाटन भारतीय प्रधानमन्त्रीबाट गराउने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी सार्क सम्मेलनमा आएका बेला कलेजको उद्घाटन योगगुरु रामदेव र मोदीबाट संयुक्तरुपमा गराउने तयारी भएको हो ।

नेपालका जनतालाई योग र आयुर्वेदको माध्यमद्वारा शारिरिक, मानसिक एवं आध्यामिक सु–स्वास्थ्य प्रदान गर्ने एवं जडिवुटी, कृषिकरण र अन्वेषणको उद्देश्यले २०६६ चैत्र १८ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले भूमि र भवनको शिलान्यास गरेका थिए । सोहि स्थानमा निर्माण भइरहेको ५० शैयाको आर्युवेद मेडिकल कलेजको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र स्वामी रामदेवलाई उद्घाटन गराउन तीब्र गतिमा निर्माण कार्य भइरहेको छ । पतञ्जली योग पिठ हरिद्वारद्वारा संचालित उक्त कलेजका लागि आवश्यक पर्ने मेडिकलका सम्पूर्ण सामानहरु तथा अस्पतालका आवश्यक पर्ने शैया, औषधी तथा फर्निचरका सामानहरु हरिद्धारबाटै धुलिखेल ल्याईसकिएको छ ।

 एक साता भित्र अस्पताल पुर्ण रुपमा तयार हुने  पतञ्जली योग पिठका इन्जिनियर शालिकराम सिंहको निर्देशनमा धुलिखेलमा रेखदेख गरिरहेका पतञ्जली योग पिठ हरिद्वारका संस्थापक सदस्य उद्धव तिमल्सिनाले बताए । सुरक्षा र अन्य कारण प्रधानमन्त्री मोदीद्वारा अस्पताल उद्ध्घाटन गर्ने कार्यक्रम सार्वजनिक नगरिए पनि रिट्रिट स्थलबाट अस्पतालसम्म आउने सडक तथा अस्पताल छेउमै हेलिप्याड रोक्न मिल्ने गरी जमिनहरु सम्याईएको छ । पतञ्जली योग पिठ भित्र प्रधानमन्त्री मोदी, योगऋषि रामदेव, आयुर्वेद शिरोमणी ऋीषकल्प आचार्य बालकृष्णद्वारा धुलिखेलको मेडिकल कलेज उद्घाटन गर्ने गरी तयारी गर्न निर्देशन भएको छ ।

२०६७ बैशाख देखि निर्माण शुरु भएको उक्त कलेज निर्माण कार्य अन्तिम चरणमा पुगेको पतञ्जली योग पिठ हरिद्धारका आजिवन सदस्य केशव खुलालले जानकारी दिएका छन् ।
निर्माणाधिन अस्पतालको भुई तल्लामा विरामीहरुका लागि शैया राखिएको छ । पहिलो तल्लामा ल्यावका सामानहरु राखिएको छ भने दोश्रो तल्लामा ४० जना विद्यार्थीहरु अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएको छ ।


 http://www.nepaliheadlines.com/2014-11-15-03-43-18.html#sthash.2PruzsQJ.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.