वैज्ञानिकले एचआईभी निको हुने संयन्त्र पत्ता लगाए

                        

फ्रान्सेली बैज्ञानिकहरूले मङ्गलबार एचआईभी रोग स्वाभाविक रूपमा निको हुने आनुवांशिक संयन्त्र पत्ता लगाएको र यसको आधारमा दुई पुरुषमा यो रोग निको बनाइएको दाबी गरेका छन्। उनीहरूको खोजले एङ्स रोग निको पार्न नयाँ रणनीति तयार गर्न सकिने दाबी गरिएको छ।

क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सन नामक पत्रिकामा यी बैज्ञानिकहरूले लेखेको अनुसन्धानपत्रमा एचआईभीको परिवर्तन गरिएको आनुवांशिक कोड मानव शरीरमा एकीकृति गरिएपछि एड्स रोग लगाउने विषाणुलाई निस्त्रि्कय बनाउन सकिने उल्लेख गरिएको छ। यी दुई पुरुषमा एचआईभी भएको र त्यसलाई निस्त्रि्कय बनाइएको जानकारी दिइएको छ।

इन्जाइमलाई अभिप्रेरित गरिएपछि यस प्रकारको अवस्था देखिएको र यस्तै अवस्था प्राप्त हुने उपचारको रणनीति तयार गर्न सकिने उनीहरूले बताएका छन्। यस अध्ययनका सहलेखक फ्रेन्च इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चका डिडियर राउल्टलेले यस अनुसन्धानले एड्सको उपचारको क्षेत्र फेला पारेको बताए।

तीस वर्ष अगाडि र सन् २०११ मा एचआईभी पोजिटिभ देखिएका यी दुबै पुरुषमा हाल एड्स रोग गराउने विषाणु देख्न नसकिने बताइएको छ।

यी दुबै बिरामीमा डीएनए कोडिङमा परिवर्तन गरिएपछि एड्सका विषाणु विस्तार हुन नपाएको बताइएको छ। यसरी मानव तथा विषाणुबीच स्वभाविक रूपमा विकास हुने यस नतिजालाई 'इन्डोजेनाइजेसन'' भनिएको छ।

http://edailynewsnepal.blogspot.com/\

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.