समाचार भरतपुरको गार्डेन रिसोर्टमा पत्रकार प्रेम बानियाँले
एसपीको फुली रक्सीको मातमा ताने ।
यो जनआस्थाको बाईलाईन सहित अनलाईन हुँदै सामाजिक संजालमा फैलिएको खबर हो । धेरै
जसो प्रतिक्रिया प्रेम बानियाँको चरित्र हत्या प्रयास हो भन्ने आउदैछ,
कोही बानियाँले मानहानीको मुद्धा हाल्नु पर्छ भन्ने छन भने
केहि बानियाँलाई प्रसिद्धिको मात लागेको भन्ने पनि छन । प्रेम बानियाँले फेसबुक मार्फत
स्पष्टिकरण पनि दिई सकेका छन । पत्रकार महासंघ र प्रेस
काउन्सिलमा उजुरी परेको पनि समाचारमा उल्लेख छ । यो घटनाको कस्तो छानविन
होला , कस्ता कदम उठाईएलान त्यो बेग्लै पाटो हो । तर बानियाको दावी अनुसार
घटना नभएको भए वा समाचार अनुसार घटना भएको भए पनि यसले जिल्लाको शान्तिसुरक्षाको
जिम्मेवारी बोकेको दुई प्रमुख पदको मानमर्दन गरेको छ ।
समाचार अनुसार रिसोर्टको उदघाटनमा निम्त्याईएका निम्तारुमा एसपीसंग प्रमुख
जिल्ला अधिकारी र एलडिओ पनि थिए । ति दुबैको सामुन्ने बानियाँले
एसपीको फुली समातेर तानेका थिए ।
प्रहरीको वर्दीमा हात लगाउनु फौज्दारी अभियोग हो ,
आफ्नै वर्दिमा हात लगाउदा पनि निरिह बनेर बस्ने र एसपी र
कानूनको त्यत्रो अवहेलना आफ्नै सामुन्ने हुँदा पनि चुँ बोल्न नसक्नेहरुबाट सुरक्षा हुन
सक्छ भनेर चितवनवासीले कसरी ढुक्क हुने ।
त्यसमाथी अझ आफ्नो सुरक्षा गर्न नसकेर पत्रकार महासंघ र प्रेस
काउन्सिलमा उजुरी हाल्ने आफ्नो पदको निमित्त अयोग्य नै हुन । त्यसैले
यो घटना काल्पनिक भएको भन्ने ठाँउ छ । यदि यो घटना काल्पनिक हैन भने गृह प्रशासन र
प्रहरी प्रधान कार्यालयले अविलम्व सिडियो र
एसपी माथी कर्तव्य पालन गर्न
नसकेकोमा कारवाही चलाउनु पर्ने अबस्था आउछ ।
यो समाचारले दुबै अबस्थामा प्रेम बानियाँको मानहानी गरेको छैन बरु सिडियो र
एसपीको मानहानी गरेको छ ।
रिसोर्टको उद्धाटनको निम्तोमा कोही भजन गर्न जादैन खान पिउन नै जान्छ । बरु
वर्दिमा पिई रहेको देखेर प्रेम बानियाँ भित्रको पत्रकार जागेर प्रश्न तेर्स्याउनाले पो विवाद
भएको हो कि भनेर शंका गर्ने ठाँउ यो समाचारले दिएको छ । समाचार अनुसार
पनि एसपीले , खाईपिई गरिरहेका बानियाँलाई पिएको सुहाउन्न भन्न गएका थिए ।
यदि यो सत्य नै हो भने प्रेम बानियाँको खाने पिउने स्वतन्त्रता माथिको हस्तक्षेप हुन जान्छ ।
बानियाँले पिएर सार्वजनिक स्थलमा अभद्रता गरेको भए साार्वजनिक
अपराधमा ठाडो कारवाही गर्ने अधिकार प्राप्त
अधिकारी त्यही उपस्थित थिए । आफुले हेर्न पर्ने
मुद्धा नहेरी त्यसको उजुरी पत्रकार महासंघ र प्रेस
काउन्सिलमा कसरी पुग्यो ? किनभने समाचार अनुसारको घटना पत्रकार आचार
संहिताको क्षेत्रको हैन फौज्दारी हो ।
सर्वसाधारणले डराउनु पर्ने अवस्था के हो भने ‘के अव पत्रकार उपरको कुनै मुद्धा प्रजिअ
वा अदालतको कार्यक्षेत्र भित्र पर्दैन ?’ चाहे घटना भएको होस वा नहोस सर्वसाधारणले
यो प्रश्नको जवाफ पाउनै पर्छ । प्रजिअ र एसपीबाट कि त खण्डन आएर
यो समाचार विरुद्ध संवन्धित निकायमा कारवाहीको निमित्त अनुरोध जानु पर्यो, कि त
आफुले पदिय आचरण गर्न नसकेको स्विकारोक्ति । जहाँसम्म प्रेम बानियाँको कुरो छ,
उनि संस्था हैनन व्यक्ति हुन । गलती गरेको भए व्यक्तिले
गरेको गलती हो , सजाय भोगे पनि उनको स्वास्थ्यमा ठुलो असर पर्दैन, समाजले
उनलाई र उनको कामलाई चिनेको छ । गलती नगरेको भए यस घटनाले उनको मनोबल
अझ उचालिन्छ । तर सिडियो र एसपी संस्थाको प्रतिनिधित्व गर्दछन,
यस्तो संस्था जसले जिल्लामा शान्तिसुरक्षा दिएर विधिको शासन कायम गर्ला भन्ने
भरोसामा जिल्लावासी भरोसा गर्न बाध्य छन ।
स्वयम्भुनाथ कार्की
विराटनगर १.tajaakhabar.com
सन्दर्भ पत्रकार प्रेम बानियाँ र र एसपी सहकुल थापा
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses