फेसबुकमा प्रेमिकालाई संकेत गर्दै पूर्वयुवराज पारसले यस्तो लेख

थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह फेसबुकमा स्टाटस लेख्न पछिल्लो समय सक्रिय छन् । केही दिनअघि गाँजा सहित पक्राउ परेर छुटे लगत्तै उनले फेसबुकमार्फत आफूलाई प्रेमिकाले फसाएको उल्लेख गरेका थिए ।

सोमबार फेरि उनले फेसबुकमा अर्को स्टाटस लेखेका छन् । आफ्नी प्रेमिका कन्निका चाइसानले फेसबुकमा राखेको कभर फोटोलाई शेयर गर्दै उनले लेखेका छन्ः

‘‘कि पछि लाग कि अघि बढ । केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन् । जति सक्यो छिटो यो कुरा अंगाल्न सक्यो भने जीवनलाई राम्रोतिर मोड्न सकिन्छ । तथ्यहरु सधैं तथ्य नै हुन्छन् । किनकी कसैलाई तथ्य मन मर्दैन । त्यसलाई परिवर्तन पनि गर्न सकिदैन’

पारसको यो स्टाटसमा लाइक र कमेन्ट गर्नेको संख्या थपिंदो छ ।


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.