सुनको सिक्री, घाँटीमा बेर्ने जत्तिकै लामो कहाँ हो र ? ५ किलोमिटर लामो । झ्वाट्ट सुन्दा यो हुनै नसक्ने कुरा जस्तो लाग्छ । तर यो सत्य हो । सुनको सहर भनेर चिनिने युएइको दुबइमा विश्वकै सबैभन्दा लामो ५ किलोमिटरको सुनको सिक्री बनिरहेको छ ।
यो सुनको सिक्री बनाउनकालागि २२ क्यारेट सुन १ सय ८० किलो लाग्नेछ । स्थानीय अखबारका अनुसार यो सिक्रीको माध्यमबाट दुबइले फेरी अर्को किर्तिमानी कामका लागि गिनिज बुकमा नाम लेखाउनेछ । दुबइ शपिङ महोत्सवमा प्रदर्शन गर्नेगरी यसको निर्माण भैरहेको हो । यो सिक्री बनाउनका लागि दुबइ गोल्ड एण्ड ज्वैलरी ग्रुपले अगुवाइ गरेको छ र ५ सय भन्दा बढि सुन बिक्रेताहरु यसमा सहभागी छन् । यो सिक्रीको नाम दुबइ सेलिब्रेसन राखिएको छ ।
आउँदो जनवरी १ देखि फेब्रुअरी १ सम्म हुने दुबइ सपिङ फेस्टिवलका क्रममा यो सिक्रीलाई प्रदर्शन गरिने योजना छ । यो सिक्री निर्माताले अहिले सर्वसाधारणसँग एउटा गजबको प्रस्ताव समेत राखेका छन् । शपिङ महोत्सवमा आउनेहरुले यो सिक्री बनाउनका लागि आफुले चाहेजति सुन दिन सक्नेछन् । अहिले दिएको सुन महोत्सव सकिएपछि उनीहरुलाई सिक्री काटेर फिर्ता गरिनेछ ।
साथै त्यसको सट्टा ब्रासलेट समेत लिन सकिनेछ । यो सिक्री बनाउनका लागि अहिले ७० जना कालिगढ खटिएका छन् । उनीहरुले हरेक दिन १० घण्टा लगातार काम गरिरहेका छन् । २ सय मिटर लामो ठाउँमा यो सिक्रीलाई बेरेर प्रदर्शनीमा राखिनेछ र यसका लागि १० जना कालिगढ खटाइनेछ । साथै यसको सुरक्षाका लागि दुबइ पुलिस तथा यातायात विभागको समेत सहयोग लिइनेछ ।
एजेन्सी
बन्दैछ ५ किलोमिटर लामो सुनको सिक्री : अर्को किर्तिमान कायम गर्ने दुबइको तयारि
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses