नायिका केकी अधिकारी ऋण नतिर्नेको ३५ दिने सूचनामा

keki adhikariअहिलेकी चर्चित नायिका केकी अधिकारी, उनका निर्देशक बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले निकालेको छ ।
केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को नागरिक पत्रिकामा प्रकाशित गरेको हो । केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं. ६ सिट नं. १०२–१०३० कित्ता नं. १९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ, जसमा केकी अधिकारी जमानीकर्ता छिन् ।
सिभिल बैंकले ३५ दिने सूचनाको व्यहोरामा घर कर्जा मार्फत लिएको रकम तिर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको उल्लेख गरिएको छ । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।
सेलिबे्रटीको नाम यसरी सार्वजनिक सूचनामा आएको यो पहिलोपटक भने होईन । केहि समयअघि गायक रामकृष्ण ढकालको घर लिलामीको सूचना लालिगुराँस सहकारीले प्रकाशित गरेको थियो ।
http://www.zestkhabar.com/2014/11/18/8056


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.