जाइकाको चासो : नौबीसे सीतापाल सुरुङ मार्ग

नौबीसेबाट नागढुंगा उक्लँदा सधैं यस्तै जाममा परिन्छ । फाइल फोटो
नौबीसेबाट नागढुंगा उक्लँदा सधैं यस्तै जाममा परिन्छ । फाइल फोटो
मुलुकको राजधानी भित्रिने प्रमुख नाका नागढ्ंगामा सवारी चापले घटाउने अनेक उपायको सोच भैरहेका बेला नेपालको विकासको प्रमुख साझेदार जापानी विकास संस्था जाइकाले काठमाडौंको सीतापाइलादेखि धादिङको नौबीसेसम्म सुरुङ मार्ग बनाउन चासो देखाएको छ ।
सो कुराको जानकारी अर्थमन्त्री डा रामशरण महतले राजधानीमा मंगलबारदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन दनुभएको हो ।
यतिबेला जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयागीको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ । उक्त टोलीसँग सुरुङ मार्ग निर्माण गर्ने विषयमा छलफल भइरहेको छ ।
अहिले उक्त परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले बताउनुभएाको छ । सम्पूर्ण प्रकृया पूरा गरेर सुरुङ निर्माणका लागि सन् २०१५ मा दुई पक्षीय सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो ।
सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये करिव १५ अर्ब रुपैयाँ जाइकाले ०।१ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारले बेहोर्ने छ । उक्त ऋण भुक्तानी गर्ने अवधि ४० वर्षको हुने बताइएको छ ।
सो सुरुङ मार्ग अन्तर्राष्ट्रिय स्तरको हुनेछ । जहाँ खाजाघरदेखि सौचालय, पसल, सर्भिस सेन्टर लगायतका सुविधाहरु हुनेछन् । सुरुङ मार्गमा दुई लेनको गाडी आवतजावत गर्न मिल्ने गरी निर्माण हुनेछ । सुरुङमार्गभित्रै पेट्रोलपम्प समेत रहनेछ भने बसपार्क, फुटपाथ र रिपेयरिङ सेन्टर समेत रहने बताइएको छ ।
- See more at: http://www.nepaljapan.com/2014/11/11/139744/#sthash.3D1q4m4F.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.