विदेशबाट फर्किएको श्रीमान सग यौन सम्पर्क गर्दा श्रीमतीलाई पनि एड्स लग्यो !!

  • नरेन्द्र बस्नेत
मोरङ, कार्तिक २५ – प्राणघातक रोग एड्सले जसरी बिश्वमा मानिसहरुलाई आतंकित बनाइरहेको छ । त्यसरी नै एड्सबाट नेपालमा पनि प्रभावित बन्नेको संख्या बर्षेनी हजारौं हुने गरेको तथ्याँकहरुले देखाउने गरेका छन् ।
असुरक्षित यौनसम्पर्कका कारण यो रोग क्रमश महामारीका रुपमा विकास भइरहेका छन् । यो रोग नियन्त्रणका लागि विश्वका विभिन्न संघसंस्था र सरकारले दिगो समाधान गर्न अर्बौं रुपैयाँ खर्च गर्ने गरेको भएपनि यसबाट बच्ने भरपर्दो उपाय अहिलेसम्म सुरक्षित यौनसम्पर्क बाहेक अर्को उपाय सुल्झन सकेको छैन ।
तर, नेपालमा एड्सका कारण मर्नेको संख्या घट्नुका साटो बर्षेनी बढिरहेको छ । नेपालमा यसरी बर्षेनी रोग बढनुको प्रमुख कारण अधिकांश नेपाली युवाहरु भारतलगायत अन्य खाडी मुलुकहरुमा जाने गरेको र त्यहाँ बस्दा असुरक्षित रुपमा गरिएको यौन सम्पर्क नै रहेको छ । समयसमयमा रगत नजचाँउने र नेपाल फर्किएपछि श्रीमतीलाई समेत रोग सर्ने र उनीबाट जम्मने कतिपय शिशुमा समेत एड्स हुने भएका कारण एड्स रोगीको संख्या दिनप्रतिदिन बढदै गएको उपस्वास्थ्य चौकी बेलबारीकी प्रमुख सीता राई बताउँछिन् ।
उनले मोरंगका उत्तरी क्षेत्रमा रहेका बेलबारी, इन्द्रपुर, डाँगीहाट, कसेनी, लेटाङ, मृगौलिया, सुन्दरपुर, बाहुनी, पथरी शनिश्चरे, जाँते, पाटी, वारंगी, उर्लाबारीलगायतका क्षेत्रमा ठुलो मात्रामा यो रोगीको संख्या रहेको समेत बताइन् । आफुलाई रोग लागेको थाहा हुँदाहुँदै पनि लाज र समाजमा बहिष्कृत हुने डरका कारण पनि स्वास्थ्यसंस्थासम्म नपुग्ने गरेकाले स्थिति भयावय भएको उनको तर्क छ ।
foreign employment
स्वास्थ्य संस्थामा गएर रगत परिक्षण गराउन लजाउनेहरु लुकेर अन्य रगत परिक्षण गराउनेको संख्या पनि उत्तिकै ठुलो छ । मोरंगकै बेलबारी २ मा ल्याब सञ्चालन गरिरहेका कर्ण आचार्य यसरी गोप्य रुपमा एड्स परिक्षणका लागी आफनोमा मासिक ४० देखि ५० जना मानिसहरु आउने गरेको बताउँछन् । पछिल्लो सयम यसरी रगत परिक्षण गराउनेहरुमा महिलाहरुको सख्या पनि उच्च रहेको छ । आफ्नोमा रगत परिक्षणका लागी आउने महिलाहरु मध्ये मासिक कम्तीमा १ जनामा सो रोगको जिवाणु भेटिने गरेको आचार्य बताँउछन् ।
श्रीमान् अधिकांश समय बिदेशमा रहने र कम्तिमा २ बर्षमा घर आउने गरेको र रगत जचाँएर मात्र यौन सम्पर्क गरौं भन्न सकिने अबस्था पनि नरहने र उनीहरु बिदेश गएपछि मात्र आफुहरुलाई शंका लागेपछि रगत परिक्षण गर्न आफु जाने गरेको एक महिलाले बताइन् ।
एक संक्रमितका अनुसार आफुलाई एड्स लागेको परिवार र समाजले थाहा पाए भने झनै बहिष्कृत हुने डरका कारण आफुहरु रोग लागेको कुरा लुकाउन बाध्य भएको र चुपचाप काल पर्खनु शिवाय आफुसँग अर्को बिकल्प नभएको गुनासो छ ।
३ छोराछोरीका साथ मोरंग बेलबारीमा बसोबास गर्दै आएकी निलिमा थापा ( नाम परिबर्तन ) ले आफुलाई एड्स लागेको एक बर्ष अघि मात्र थाहा पाइन् । ‘३ बर्ष मलेसिया बसेर फर्केका श्रीमान् घरमा आएपछि कुन चाँहि श्रीमतिले सोध्लान के तिमीलाई कुनै रोग त लागेको छैन ? भनेर अनि कुन चाहि श्रीमतिले श्रीमानको रगत जचाँएर मात्र यौन सम्पर्क गर्लान र ? आफुभन्दा बढी माया गरेको श्रीमानको अंगालोमा बाधिँन पाँउदा कुन चाहिँ महिलाले संसार नर्बिसिलिन र ?’, उनले रुँदै भनिन् । आफनो सर्वस्व सुम्पिएको श्रीमानको विश्वासमा रगत परिक्षण नगरी यौन सम्पर्क गर्दा उनको जीबन पनि आज नारकीय बन्न पुगेको छ । उनलाई यतिखेर आफना नाबालक छोराछोरीको भबिश्यको चिन्ताले सताएको छ । नरोएको सायद कुनै रात नै छैन । उनले यो कुरा परिवारलाई समेत भन्न सकेकी छैनन् । पारिवारिक विचलन हुने डरले म यत्रो कुरा सारा संसारलाई लुकाइरहेकी छु । भोली यो कुरा सुनाउँदा ममाथि नै प्रश्न उठाउने हुन् की, उनले भनिन ।
उनले बेलबारीमा गरेको रगत परिक्षणले मात्र चित्त नबुझेपछि बिराटनगरमा समेत रगत परिक्षण गराउँदा सो रोगको जिबाणु भेटिएको थियो । मोरंगको बेलबारी र आसपासका ६ वटा गाबिसमा मात्र यतिखेर दर्जन बढी एड्सका रोगी भएको र आफुहरुसँग सम्पर्कमा आउने गरेको चुम्लुङ पुर्नजिबन केन्द्र बेलबारीका सुरज राई बताँउछन् । उनका अनुसार आफुहरु संक्रमितहरुलाई रोगका बारेमा जानकारी र समाजमा आफुहरु कसरी स्थापित हुन सकिन्छ भनेर राय समेत दिने गरेको बताउँछन् ।
यो रोगका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको भएपनि समाजमा तिरष्कृत हुने डरका कारण उनीहरु समाजमा अझै खुलेर बाहिर आउन सकेका छैनन । उनीहरुलाई घृणाको साटो माया दिएर समाजमा स्थापित गराउनु र आगामी दिनमा यो रोग नै लाग्न नदिने उपायहरुको खोजी गरी जनचेतना फैलाउन जरुरी छ ।
- See more at: http://www.ratopati.com/2014/11/11/181581.html#sthash.10Y3zSN5.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.