बलिउड अभिनेत्री गौहर खानलाई सार्वजनिक कार्यक्रममै थप्पड हानेपछि हंगामा
बलिउड अभिनेत्री गौहर खानलाई एक कार्यक्रमको शुटिङका क्रममा एक युवकले थप्पड हानेका छन् । दर्शककोरुपमा रहेका एक युवकले रियालिटी शो ‘इण्डियाज रक स्टार’ को शुटिङ गर्दा गर्दै गौहरलाई चडकन् दिएका हुन् ।
गौहर मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएको भन्दै युवकले थप्पण हानेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
वेटर काम गर्ने ती युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी समक्ष पनि युवकले मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएका कारण गौहरलाई चड्कन हानेको बताएका छन् । उनलाई आज अदालतमा पेस गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गौहर अघिल्लो पटक बिगबोस प्रतियोगिता जितेर चर्चामा आएकी थिइन् ।
एजेन्सी ।
0 comments
Write Down Your Responses