विवाह मण्डपमै बेहुलाले डिभोर्स गर्छु भनेपछि…

घुम्टोमा सजिएकी बेहुलीलाई लुकी लुकी हेर्न कुनचाँही बेहुलालाई मन नलाग्ला र । तर यो इच्चा कहिलेकाँही सम्बन्ध विच्छेदको कारण बन्नसक्छ भन्दा पत्याउन निकै गाह्रो हुन्छ ।

साउदी अरबमा विवाह समारोहमा फोटोग्राफरको आग्रहमा बेहुलीको अनुहार हेर्नेवित्तिकै बेहुलाले उनीसँग सम्बन्ध बिच्छेद गर्ने घोषणा गरे । मदिनाको पश्चिमस्थित एक सहरमा भइरहेको विवाह समारोह अघि यी जोडीले एक अर्कालाई कहिल्यै देखेका थिएनन् ।
जब विवाह मण्डपमा फोटो खिचाउनका लागि वेहुलीले आफ्नो घुम्टो उठाइन र बेहुलाले उनको अनुहार देखे तव उनले भने, ‘तिमी त्यो महिला होइनौं जसलाई मैले आफ्नो सपना सोचेको थिए, मलाई माफ गर म तिमीलाई डिभोर्स दिन्छु । बेहुलाले यस्तो भनेपछि विवाहको खुसीको माहौल दुःखद क्षणमा परिणत भएको थियो ।source nepal sandesh

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.