नरेन्द्र मोदीलाई आतंकबादीको डर लाग्दो चेतावनी

१९ कात्तिक, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आतंकवादी संगठनले डरलाग्दो धम्की दिएको छ । पाकिस्तान र भारतको सीमा क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान जाने गरी गराइएको विष्फोटको जिम्मा लिएको एक आतंकवादी संगठनले प्रधानमन्त्री मोदीलाई हत्याराको सज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।
modi sober
पाकिस्तानी आतंकवादी संगठन तहरीक-ए-तालिबान पाकिस्तान जमात अहरारका प्रवक्ता एहसानुल्लाह एहसानले टि्वटरमा मोदी सयौं मुसलमानको हत्यारा भएको आरोप लगाउँदै कश्मिर र गुजरातका जनताले उनीसँग बदला लिने चेतवनी दिएका हुन् ।

पाकिस्तानमा आक्रमण गर्न सक्ने आफूहरुले भारतमा पनि त्यस्तै आक्रमण गर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।modi threat

यो चेतावनीपछि मोदीको सुरक्षा ब्यवस्था कडा तुल्याएको छ भने भारतभरी सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि पनि यो संगठनले थुप्रै आक्रमण र हत्या गरिसकेको छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-05-09-44-48.html#sthash.yCL9Yh1C.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.