कसरी राख्ने बडी सेपमा? सेक्सी ज्यान बनाउने तरिका

393dd4bc2449fdc2fdfaab0011872502_L
आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो जिउ बनाउन उनीहरू जति पनि पैसा खर्च गर्न तयार छन्। टिभीमा देखिने हिरोइनहरूको फिगरबाट लालायित भएर त्यस्तै फिगरको चाहनामा व्यायाम गर्न जुटेका छन् नेपाली महिला।

फिगर मेन्टेनका लागि कतिपयले डाइटिङ पनि गर्छन्। ‘सेक्सी फिगर’ को लालसामा धेरैले डाइटिङमा नै बढी जोड दिन्छन्। आहार विशेषज्ञको सल्लाह नलिई भोकै बसेर वजन घटाउनु राम्रो उपाय होइन। यसो गर्नु भनेको आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्नु हो। यसको परिणाम कदापि राम्रो हुन सक्दैन।

यसरी तौल घटे पनि यसले केही समस्या निम्त्याउने गर्छ। शरीरले उपयुक्त आहार, खनिज पदार्थ, भिटामिन नपाउँदा अनुहारको कान्ति हराउने, आँखामा डार्क सर्कल देखापर्ने, कपाल झर्ने, शरीरमा कमजोरी आउनेजस्ता समस्या देखापर्छन्। स्वस्थ शरीरका साथै ‘सेक्सी फिगर’ राम्रो हो। तर, स्वास्थ्य बिगारेर सेक्सी फिगर पाउने लालसा राख्नु उचित होइन।
….
३२–२४–३२ लाई पर्फेक्ट फिगर मानिन्छ। तर, सबै महिलाको शारीरिक बनोट ३२–२४–३२ को हुँदैन। यसो नहुँदा महिलाले आफ्नो शारीरिक संरचनाप्रति हीनताबोध गर्नु, निरुत्साहित हुनु हुँदैन। आफ्नो शारीरिक संरचना जस्तो छ त्यसमै सन्तुष्ट हुनुपर्छ। तर, यसो भन्दैमा शरीरको बेवास्ता गर्नुपर्छ भन्ने होइन। बरु केही उपाय अपनाएर शरीरलाई स्वस्थ र राम्रो बनाउन सकिन्छ।



कसरी राख्ने बडी सेपमा?

• शरीरको तौल मानिसले खाने र मेहनत गर्ने कुरामा भर पर्छ। स्वस्थ शरीरका लागि दिनमा १२ सय क्यालोरीको आवश्यकता हुन्छ भने रातिको समयमा शरीरले केबल दुई सय क्यालोरीमात्र उपयोग गर्छ। रातिको खाना शरीरमा पुगेपछि बोसोमा बदलिने गर्छ। त्यसैले शरीरका लागि रातिको खानामा क्यालोरी कम राख्नु नै उपयुक्त हुन्छ।

• हिप, पाखुरा, थाई र कम्मर महिलाहरूको बढी बोसो जम्मा हुने भाग हुन्। यिनै भागलाई फोकस गरेर त्यहाँ जमेकोे बोसोलाई कम गर्न सकिन्छ।
• मेसिनद्वारा जेल लगाएर आफूले चाहेको भागको बोसो कम गर्न सकिन्छ।
• मनतातो पानीमा कागती राखेर बिहान दिनहुँ पिउने गर्नाले पेटको अनावश्यक बोसो घट्छ।

• गार्डेनिङ, घरको काम र माथितल गर्दा भर्यााङको प्रयोग गर्नुले पनि बोसोलाई घटाउँछ। यदि तपाईं जिममा वर्कआउट गर्दै हुनुहुन्छ भने ट्रेनरले बताएअनुसार डाइट चार्ट फलो गर्नुपर्छ। ट्रेनरले भनेअनुसार नगरेमा शरीरलाई लाभ गर्नुको साटा नोक्सान पनि पुर्यातउन सक्छ।

तौल घटाउनुमात्र होइन, तौल बढाउनु पनि महिलाका लागि ठूलो समस्या भएको छ। कतिपय युवतीले जिरो साइज फिगर चाहना राख्छन्। तर, जिरो साइज सधैँ र सबै ड्रेसमा उपयुक्त हुँदैन। आधुनिक होस् वा पारम्परिक, जुनसुकै परिधानका लागि मिलेको जिउ हुनु आवश्यक छ। चिटिक्क मिलेको जिउमा जस्तो ड्रेस पनि सुहाउने गर्छ। तौल बढाएर सेक्सी लुक पाउनका लागि धेरै युवती हेल्थ क्लब, जिम पुग्ने गर्छन्। जहाँ कम्मर, छातीजस्ता भागलाई मात्र फोकस गरेर एक्सरसाइज गराइन्छ। यसले तपाईंको शरीरलाई सेक्सी लुक दिनु मद्दत गर्छ।


swasthyakhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.