बेलायतले भिसा नथपेपछि गुण्डा नाईके चरीकी पूर्व प्रेमिका खुस्बु नेपाल फर्किइन्

प्रहरीको  इनकाउण्टरमा मारिएका गुण्डा नाईके चरीकी प्रेमिका भनिएकी खुश्बु ओली लण्डनबाट नेपाल फर्किएकी छन्।
प्रहरीले चरीको नाजायज कमाई  खुश्बुसँग हुन सक्ने आशंकामा चरी र खुश्बु परिवारको सम्पति छानबिन गरिरहेको बताइरहँदा उनी भने गोप्य तरिकाले लण्डन आएकी शुस्बु नोभेम्बर ४मा नेपाल फर्किएकी हुन्।
भिजिट भिसामा लण्डन आएकी खुश्बुले यहाँ विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेपनि उनको प्रयास असफल भएपछि उनी नेपाल फर्किएका हुन्। उनको भिसा नोभेम्बर ६ मा सकिँदै गरेको बेलायतबाट प्रकाशन हुने अनलाइन वीनेपालीले जनाएको छ।
उनी साउथ इष्ट लण्डनको ग्रीनीचस्थित केमसिङ रोडमा आफन्तकोमा बस्दै आएकी थिइन्।
युके आएको मौकामा खुश्बुले केटासाथी पनि बनाएकी समाचार साइटले जनाएको छ। स्थानीय सुपरस्टोरमा काम गर्ने कार्की थरका उनका प्रेमी भने खुश्बुको अचानक नेपाल प्रस्थानपछि मर्माहत बनेको स्रोतले बतायो । युके रहँदा खुश्बुको आवतजावत उनीसित हुन्थ्यो भने उनकै गाडीमा हिंड्ने गर्थिन्।
सन् २००६ मा मिन टिन उपाधि जितेर मिडियामा छाएकी खुश्बु बीचमा हराएकी थिइन् ।
उनले आफू चरीको वास्तविक प्रेमिका रहेको बताउने गरेकी थिइन्। चरीको मृत्यु पछि उनले चरीलाई सुध्रिन लागिरहँदा प्रहरीले झुटो मुठभेड देखाउँदै मारेको आरोप लगाएकी थिइन।
पूर्वप्रेमी अर्पण कोइरालासित मिलेर झापाको सुरुङ्गामा एम्बुलेन्स, फोहोर ओसार्ने टाँगा दिए पनि उनले राष्ट्रिय मिडियामा खास चर्चा बटुल्न सकेकी थिइनन् । डन चरीसितको अफेयरले भने अचानक उनलाई मिडियामा छाउन मद्दत गरेको थियो ।
चरीको मृत्युपछि दिएको अभिव्यक्तिका कारण उनी पुनः विवादमा तानिइन् ।
अहिले चरीको सम्पतिका बारेमा नेपालमा प्रहरीले छानविन गरिरहेको छ । खुश्बुको रवाफिलो लाइफ स्टाइल, घर, कार्यालय आदिका कारण खुश्बु चरीको सम्पतिको मुख्य रेखदेखकर्ता भएको आशंका छ । सोही कारण उनी विदेशिएको आँकलन गरिएको थियो ।

लण्डनमा उनी गुमनामजस्ती देखिएकी थिइन् । कसैले सोध्दा आफू खुश्बु होइन बहिनी हो भन्दै परिचय लुकाउने गरेकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.