सार्कमा मोदीले नेपाली सेनालाई फाईटर हेलिकप्टर उपहार दिने


काठमाडौं– भारतले १४ सिट भएको 'एएलएच ध्रुव मार्क थ्रि' हेलिकप्टर सहयोग रुवरुप नेपाली सेनालाइ दिने भएको छ। दक्षिण एसियाली क्षेत्रिय सहयोग (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आँउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हेलिकप्टर नेपाललाई हस्तान्तरण गर्ने भएका छन्।
मोदी काठमाडौं आइपुगेकै दिन मंगलबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने एक समारोहबीच हेलिकप्टर नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यत्रम रहेको छ। सुरुमा मोदीले हेलिकप्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नेछन् भने त्यसपछि कोइरालाले प्रधानसेनापति गौरव शम्शेर जबरालाई।

'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्युले मंगलबार सैनिक मञ्चमा आयोजना गरिने एक कार्यक्रम बीच हेलीकप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नुहुनेछ,' सैनिक प्रवत्ता जगदिशचन्द्र पोखरेलले भने, 'सहयोग स्वरुप हस्तान्तरण गर्ने हेलिकप्टर शनिबार काठमाडौं ल्याइसकिएको छ ।'

विगतमा नेपाल र भारतबीच भएका सहमति अनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउन लागिएको हो हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले निर्माण गरेको उक्त हेलिकप्टर हस्तान्तरण समारोहमा राखिने छ। सन् २०१२ मा निर्माणपछि ग्राउन्ड टेस्ट गरिएको सो हेलिकोप्टर आक्रमणको उद्देश्यका लागि भारतीय सेनाले प्रयोग गर्दै आएको छ। हेलिकोप्टरमा टुर्रेट गन, रकेट, एयर टु एयर मिसाइल्स तथा एयर टू ग्राउन्ड मिसाइलको फिचर समेत रहेको छ।
http://nagariknews.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.