कट्रिनासँग आफू भएका बेला रणवीरले फोटोग्राफरलाई लखेटेपछी...

ranbir-katrinaएजेन्सी –बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरुनिकट ब्यक्तिबाट चुहिन थालेको छ । सँगै बस्न दुबैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गर्न अप्ठ्यारो परेजस्तो देखिने गरेको छ । कट्रिनासँग आफू भएका बेला फोटो खिच्ने फोटोग्राफरलाई रणवीरले फेरि ‘मिसबिहेभ’ गरेका छन् । यसअघि पनि पटकपटक उनीबाट यस्तो हर्कत प्रदर्शन भइसकेको छ । हालसालै रणवीर र कट्रिना दिबंगत बलिउड निर्देशक रवि चोपडासमक्ष श्रदाञ्जली अर्पण गर्न चोपडाको घर पुगेका थिए । दुबै सँगै बसेका थिए । श्रदाञ्जली अर्पण गरेर चोपडा निवासबाट बाहिर निस्कने क्रममा एक फोटो ग्राफरले उनीहरुलाई फलो गर्न थाल्यो । फोटोग्राफरले आफूहरुको फोटो खिचिरहेको थाहा पाएपछि रणवीरको कन्पारो तातेछ । उनले फोटोग्राफरलाई तथानाम गाली गर्दै एकाएक खेद्द थाले । उनले फोटोग्राफरलाई फेला पारेनन् । उनले फोटोग्राफरको व्याग फेला पारे र लिएर गए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Rato Pati

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.