साथीको अश्लिल फोटो वेभसाइटमा राखी चरित्र हत्या गर्न खोज्ने प्रहरी खोरमा
महिला सहकर्मीको अश्लिल भिडियो तथा फोटोलाई अश्लिल वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने प्रहरीको फन्दामा परेका छन्।
क्षेत्रपाटी निवासी निरज शाक्यले आफ्नै सहपाठीको अश्लिल भिडियो तथा फोटो लाई अश्लिल वेभसाईटमा राखी महिला साथिको चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
२७ वर्षीय शाक्यलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।
0 comments
Write Down Your Responses