‘बरु नेप्टे–चेप्टेसँग बिहे गर्छु,दाइजो माग्नेसँग पटक्कै बिहे गर्दिन’ : इन्दिरा जोशी



‘कालो–गोरे,नेप्टे–चेप्टे,अग्ले–होचे केही भन्दिनँ म तर दाइजो माग्नेसँग बिहे गर्दिन म….’ ‘चोली गायिका’ को रुपमा परिचित इन्दिरा जोशी जब स्टेजमा उक्लिन्छिन्,दर्शकको भीड थामिनसक्नु हुन्छ । गाउने मात्र होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरञ्जन दिन खप्पिस छिन् । यी ‘आइटम’ गायिकाले हालै दाइजो प्रथाविरुद्द गाएका गीत निकै हिट भएको छ ।

नेपाली समाजमा रहेको दाइजो प्रथा र त्यसकै कारण महिलामाथि बढ्दै गएको हिंसाबारे तयार भएको गीतको भिडियो सोमबार साँझ सार्वजनिक भयो । गायकी आफ्नै ठाउँमा होला तर इन्दिरा आफू पनि दाइजो माग्ने केटासँग पटक्कै बिहे नगर्ने सोचाइमा छिन् ।

उनले आफूले दाइजो नलिने हिरोसँग बिहे गर्न चाहेको बताइन् । ‘केटीको सम्पत्ति भनेकै उसको शिक्षा–दिक्षा र संस्कार हो । यति भएपछि दाइजो किन ?’ उनको तर्क छ । गोल्डेन गेट कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत अविवाहित इन्दिरा मन परेको असल केटासँग बिहे गर्ने रहर भएको बताउँछिन् । उनले आफ्नो लाइफमा पनि हिरोको इन्ट्रि बाँकी नै रहेको खुलासा गरिन् । आजको नागरिक दैनिकमा खबर छ ।
http://www.ratopati.com/2014/11/15/182394.html#sthash.g0aTIMHl.1duShevM.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.