तपाईको फेसबुकमा केटीको म्यासेज आउँछ ? सावधान ! ह्याक हुनसक्छ

६ मंसिर, काठमाडौं । तपाईको फेसबुक म्यासेज बक्समा कुनै विदेशी केटीले म्यासेज पठाएकी हुन सक्छिन् । म्यासेजमा हाइ, हेल्लो, रेस्पोन्स मी, इमेल मी, क्यान आइ बी योर फ्रेन्ड ? इत्यादि लेखिएको हुन सक्छ ।

यसरी पठाइने गरेका फेसबुक म्यासेजमा प्रायः यस्तो अनुरोध गरिएको हुन्छ- हेल्लो, मेरो नाम फलानी हो, म सिंगल केटी हुँ । म तिम्रो फेसबुकको प्रोफाइल देखेर आकषिर्त भएँ र तिमीलाई साथी बनाउने निर्णय गरें । कृपया यो इमेलमा मलाई रिप्लाइ गर्‍यौ भने म तिमीलाई मेरा बारेमा थप बताउनेछु र मेरा केही तस्वीरहरु पनि पठाउने छु । म तिम्रो रिप्लाइ पर्खिरहेकी छु…. इत्यादि ।’



अधिकांश पुरुषहरुको फेसबुक म्यासेज बक्समा झर्ने यस्ता सन्देशमा प्रायः अफ्रिकी मूलका केटीहरुको नाम र तस्वीर प्रयोग गरिएको पाइन्छ । कतिपयले अरुकै तस्वीर प्रयोग गरेर पनि यस्तो धन्दा गरिरहेका हुन सक्छन् ।
अनुभवी फेसबुक प्रयोगकर्ताहरुका अनुसार यस्ता म्यासेजका पछाडि दुईवटा उद्देश्य लुकेका हुन्छन् । या त उसले तपाईसँग पैसा माग्छे, या तपाईको इमेल आइडी ह्याक गर्न कसैले इमेल फुत्काउन खोजिरहेको हुन सक्छ ।
तपाईले ह्याकरलाई कुनै रिप्लाइ गर्नुभयो भने उसले तपाईको इमेल ह्याक गरेर तपाईकै इमेल आइडीबाट आफन्तलाई यस्तो सन्देश पठाउन सक्छ, ‘म अहिले टर्कीको स्तानबुलमा छु, युरोप जानेक्रममा पासपोर्ट र पैसा लुटिएकाले केही पैसा सहयोग गर्नुहोला, पछि नेपाल फर्केर तिर्नेछु ।’
संविधानविद भीमार्जुन आचार्यको इमेल आइडी पनि ह्याकरले यसैगरी ह्याक गरेको थियो । तर, आचार्यलाई कुनै केटीले नभई जिमेलकै इञ्जिनले केही फर्म भर्न भनेको र आफूले फिलअप गरेपछि इमेल ह्याक भएको आचार्यको अनुभव छ ।


फेसबुकबाट आकर्षक तस्वीर पठाइदिने प्रलोभनका आधारमा अपरिचित व्यक्तिले तपाईको इमेल मागेपछि त्यसैका आधारमा तपाईको पासवर्ड ह्याक गर्न ह्याकरहरुलाई सजिलो हुन्छ । त्यसैले अपरिचित एवं शंकास्पद व्यक्तिले तपाईसँग इमेल माग्दैछ भने तपाईले सतर्क हुन जरुरी हुन्छ ।


अफ्रिकाका कतिपय गरीब युवतीहरुले इन्टरनेटबाट सम्बन्ध विस्तार गरी पैसा माग्ने गरेको अनुभव पनि केही नेपाली फेसबुक युजरहरुले अनुभव हासिल गरेका छन् ।
यसबारे एक नेपाली पत्रकारले आफ्नो अनुभव सुनाउँदै भने- ‘मैले एक अफ्रिकी युवतीलाई च्याट साथी बनाएको थिएँ, केही समयपछि उसले म एक्ली, टुहरी र गरीब केटी हुँ, मलाई ५० डलर पठाइदिनोस् भन्न थाली ।
उसले मलाईजस्तै अरुलाई पनि यसैगरी साथी बनाएर डलर माग्ने गरेकी रहिछे ।’
FBफेसबुकमा साथी बन्न आग्रह गर्दै आवेगपूर्ण कुरा गरेर पुरुषहरुसँग आर्थिक सहायता माग्ने यस्तो प्रचलन नेपालका धेरै फेसबुक प्रयोगकर्ताहरुले पत्तो पाइसकेका छैनन् ।
त्यसैले हुनुपर्छ कतिपय फेसबुक प्रयोगकर्ताले त्यस्ता विदेशी केटीलाई आफ्नो फ्रेन्ड लिस्टमा चढाउने गरेको उनीहरुको फेसबुक पेजमा देख्न पाइन्छ ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.