एण्डी मुरेले नेपालमा वन्यजन्तु चोरी–शिकारी नियन्त्रणमा सहयोग गर्ने
काठमाडौं, कार्तिक २२ – टेनिस स्टार एण्डी मुरे वल्र्ड वाइल्ड लाइफ फण्डका ग्लोबल एम्बासेडर चयन भएका छन् । कुकुरहरुलाई निकै माया गर्ने ब्रिटेनका नम्बर एक खेलाडी मुरेले वन्यजन्तुको शिकार र अवैद्य कारोबारविरुद्धको लडाईंमा सहयोग गर्नेछन् । मुरेले नेपालको चितवन राष्ट्रिय निकुञ्जका कुकुरहरुलाई शिकारी पहिचान गर्ने विशेष प्रशिक्षण दिने कार्यक्रमलाई सहयोग गर्ने बिबिसीले जनाएको छ । नेपालमा अवैद्य चोरी शिकारीले गर्दा बाघ, गैंडा र हात्ती संकटमा रहेका छन् । मुरेको सहयोगका लागि सम्मान स्वरुप प्रशिक्षण कार्यक्रमका एक कुकुरलाई उनको नाम समेत दिइएको छ । - See more at: http://www.ratopati.com/2014/11/08/180791.html#sthash.iEj0U6hX.dpuf
0 comments
Write Down Your Responses