चिसो पानी र बदाम स्वस्थ जीवनको लागि वरदान !
यदि स्वस्थ रहने हो भने दिनको शुरुवात चिसो पानी, बदाम र कसरतबाट सुरु गर्नुपर्दछ। यसले तपाईको दिनलाई ताजा, स्फूर्त गराउँछ। भारतको एक फिटनेश परामर्श कम्पनीले केही टिप्सहरू सार्वजनिक गरेको छ, जसले स्वास्थ्य एकदमै स्फूर्त राख्दछ जुन यसप्रकार छन्:
–बिहान उठ्ने समयमा सबैभन्दा पहिले आधा लिटर चिसो पानी पिउनु पर्दछ। खाली पेट चिसो पानी पिउनाले शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्दछ।
–खाली पेटमा ६ देखि १० वटा बदामको दाना र ओखर सेवन गर्न सकिन्छ। यसले केही रसायन तत्वहरूको विकास गरी शरीरको संयन्त्रमा सहायकको काम गर्दछ।
–बे्रकफास्ट अलि बढी खानुपर्दछ। किनकि यसले गर्दा दिनभरीको कार्यमा उर्जाको कमी हुँदैन। बे्रकफास्ट कार्बाेहाइडे्रट र प्रोटिनले भरिपूर्ण हुनुपर्दछ।
–बदाम र ओखरलाई उर्जाको भण्डार मानिन्छ। दैनिक रुपमा थोरै थोरै मात्रामा बदाम सेवन गर्न सकिन्छ।
–ध्यान र विश्राममा पनि ध्यान दिनुपर्दछ। यसले मानसिक शान्ति प्रदान गर्नुका साथसाथै सोचमा विकास गर्न मद्दत गर्दछ।
0 comments
Write Down Your Responses