सलमानसँग काम गर्न पाए भाग्यमानी हुन्थेंँ: दिपीका

 

बलिउड नायिका दीपिका पादुकोणले शाहरुख खानसँग तीन वटा हिट फिल्ममा सँगै काम गरेकी छन्। तर दबंग नायक सलमान खानसँग स्क्रिन रोमान्स गर्ने अवसर उनलाई अहिलेसम्म जुटेको छैन। सलमानको फिल्म 'किक'मा दीपिकालाई अफर आएको थियो। तर, उनले अस्वीकार गरेको भन्ने हल्ला चलेको बेला हल्लामा सत्यता नभएको दीपिकाले बताइन्।

'कसैलाई नकार्ने म को हुँ र, सलमानसँग काम गर्नु त मेरो भाग्यको कुरा हो', पादुकोणले भनिन।  सलमानसँग कहिले स्क्रिन सेयर गर्न पाउछु यकिन छैन उनले भनिन, 'भाग्यमा लेखेको भए पक्कै एकदिन सलमान मेरो हिरो हुनेछन।'

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.