दूलाहालाइ पहाडबाट तल हिउँको दलदलमा फ्याकिने चलन



टोकियो, संसारका बिभिन्न देशहरूमा फरक फरक सामाजिक र सांस्कृतिक रिति रिवाज र परम्पराहरू रहेका छन, तर एउटा यस्तो अनौठो परम्परा वा रिवाजका बारेमा भने तपाइँले सायद कमै सुन्नु भएको होला । यस्तै एउटा रिवाज हुने गरेको ठाउँ पनि यस संसारमा रहेको छ, जहा दुलाहालाइ पहाडबाट तल हिउँको दलदलमा फ्याँकिने गरिन्छ ।

यो कुरा साँचो हो, जापानको निगाता क्षेत्र को मात्सूनयोमा एउटा यस्तो शहर हो, जहां दुलाहालाइ तल रहेको चिसो बर्फिलो जमिनमा फ्याँक्ने गरिएको बर्षौ पुरानो रिवाज रहेको छ ।
जापानको यस शहरमा यो रिवाज नयाँ चन्द्रवर्षमा आयोजित हुने पर्वको एउटा हिस्सानै हो । यद्दपी, यस रिवाज

अन्तर्गत तल फ्याँकिने दुलाहाको छनोट भने निकै सावधानीपूर्वक गरिन्छ ।
अनुमान गरिए अनुसार करीब ३०० देखि ६०० बर्ष पुरानो यस रिवाज अन्तर्गत परफेक्ट दूलाहाको चुनाव भएपछि उसलाइ पहाडबाट तल १६ फिट सम्म खसालिन्छ, जहाँ उ हिउँमा फस्दछ त्यसपछि उसलाइ त्यहाँबाट पुन निकालिने गरिन्छ ।

http://www.zestkhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.