आफ्नो श्रीमती लिन जादा ससुराले कुटेर मारे

झापा, कात्तिक ३० – उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए । घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका उनको ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ । ससुरा र गाउँलेको कुटाइबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पुर्याइएको थियो । टाउकोमा गम्भीर चोट लागेको उनको अत्यधिक रक्तश्रावका कारण गएराति उपचारकै क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए । यता, कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् । - www.ratopati.com

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.