किन चेन्ज गरिन् सरुले मुड (हट भिडियो सहित )



मिडिया एनपी, काठमाडौँ तिम्रो याद बोलको भिडीयो बजारमा ल्याएर संगीत पारखी र दर्शकको मनमा सुटुक्क पसेकी नवलपरासी अरुणखोलाकी शरु बन अब गायिकामा मात्र सिमित रहिनन् । दोश्रो भिडीयो मुड चेन्ज भो सम्म आइपुग्दा उनले मोडलिगंको दुनियामा आशा जगाएकी छिन् । आफ्ना दुवै भिडीयोमा आफै अभिनय गरेकी शरुले मंगलबार दोश्रो भिडीयो सार्वजनिक गर्दै मुड चेन्ज भएको बताएकी छिन् । गायिका समेत रहेकी शरुले भिडियोमा कसैलार्इ अचानक बाटोमा देखेपछि आफ्नो मुड नै चेन्ज भएको भन्दै बारुली कम्मर मर्काएकीछिन् ।


मायाको रोगलागेर होला अचेल निन्द्रै पर्दैन भन्दै उनले खुशीले जिन्दगीमा आँसु नर्झने भन्दै खुशी व्यक्त गरेकी छिन् । आमसंचारकी विद्यार्थी समेत रहेकी शरु संगीतलाई बुझेर यस क्षेत्रमा लागेको बताउँछिन् । उनले गुरु  चन्डी प्रसाद काफ्लेसँग २ बर्षदेखि संगीतका कक्षाहरु लिइरहेकी छिन् । उनको भिडीयोमा पल शाहले उनको मुड चेन्ज  गर्नमा मद्धत गरेका छन् । शरुको ४ मिनेट लामो भिडीयोलाई निर्देशक अर्जुन आधिकारीले निर्देशन गरेका छन् । जसमा सिता बनका शब्दमा हिमाल सागरले सगींत भरेका छन् । फोस सिस नामक एल्बममा समावेश भिडीयोलाई एशियन म्युजिकले बजार व्यबस्थापन गरेको छ । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.