नेताको गाडी मोहः ओली कमरेडको ५४ लाखको नयाँ सवारी

काठमाडौं, कार्तिक २६ – नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्यस्थिति बाहेक यसपटक भाग्य निकै साथ दिएको छ । यसपटक पार्टीको अध्यक्ष पद जितेका ओलीलाई आजभोली नेपालको भावी प्रधानमन्त्रीको रुपमा पनि हेरिन थालेको छ । अघिल्लो पटक निर्वाचनमा पराजित भएका ओली संविधानसभाको दोस्रो ठूलो दलका प्रमुख नेता भए लगतै उनको ‘स्ट्यान्डर्ड’ पनि बढेकै छ ।



यस पटक संविधानसभामा नयाँ र सुदृढ भूमिकामा देखा परेका ओली आफ्नो नयाँ भूमिकासहित नयाँ गाडीमा देखापरेका छन् । नेपाली महिला तथा वाम प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृतिमा आयोजीत श्रद्धान्जली सभामा ओली नयाँ गाडीका साथ प्रस्तुत भएका हुन् । पहिले स्र्कपियो गाडी चढ्ने ओलीले अहिले बा १२ च ५२११ नम्बरको कालो रंगको टाटा सफारी स्ट्रोम भिएक्स चढ्न थालेका छन् । प्राइस नेपाल डटकमका अनुसार उक्त गाडीको नेपालमा ५३ लाख ८५ हजार पर्छ । अफ रोड बाटोमा पनि निर्वाध रुपमा चल्न सक्ने यो गाडी टाटा कम्पनीको हो ।



नेताहरु कस्ता गाडी चढ्छन् भन्ने त आम चासोको विषय हुने भैहाल्यो । यस विषयमा ओलीले साँचिक्कै नयाँ गाडी किनेका हुन् त भनेर प्रश्न गर्दा उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले ओलीले नयाँ गाडी किनेको स्वीकार गरेका छन् ।

यस्तो थियो ओलीको पूरानो गाडी


 http://www.ratopati.com/2014/11/12/181870.html#sthash.vhQZxSCy.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.