रोल्पा पुगेर दिए प्रचण्डले युद्धको चेतावनी
काठमाडौं । शस्त्र द्वन्द्वका बेला आधार इलाका रहेको रोल्पा आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुले सहमतिविपरीत कांग्रेस र एमालेले जबरजस्ती संविधान ल्याए अर्को युद्ध हुनेु चेतावनी दिएका छन् ।
रोल्पालीको ताकत लिएर काठमाडौं फर्केपछि सहमतिमा संविधान बनाउन पहल गर्नेछुु, दाहालले भने, सहमतिको प्रयास गर्दा पनि जनताको संविधान ल्याउन नदिन कांगे्रस र एमालेले जबरजस्ती गरे अर्को युद्ध हुन्छ ।
रोल्पाका सहिद परिवार, घाइते, अपांग र कार्यकर्तासँग भेटघाट र सुझाव संकलन गर्दै हिँडेका दाहालले नयाँ युद्धु कस्तो खालको हुन्छ भन्ने खुलाएनन्। तर, छापामार र हतियारबद्ध युद्ध भने नहुने स्पष्ट पारे ।
दसवर्षे युद्धको जस्तो हतियारले सुसज्जित र छापामार शैलीको युद्ध होइन, नयाँ खालको युद्ध गरिन्छु, दाहालले भने, ुविगतको जस्तो युद्धको जरुरी पनि छैन।
हामीले ठूलै परिवर्तन गरिसकेका छौं। राजतन्त्र गएर गणतन्त्र पनि आइसकेको छ।
हामीले ठूलै परिवर्तन गरिसकेका छौं। राजतन्त्र गएर गणतन्त्र पनि आइसकेको छ।
आफू रोल्पा आउँदा काठमाडौंमा केके हुन्छ भनेर नकारात्मक हल्ला फिँजाएर जनता तर्साउने प्रयास भएको पनि उनले बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
- See more at: http://www.nepalsandesh.com/2014/11/12/109489#sthash.9aDZDrNW.E453dxh4.dpuf
0 comments
Write Down Your Responses