आठ बर्षपछि सँगै फिल्म खेल्दै रेखा र निखिल : हिरोसँग रेखाको दोस्ती र दुस्मनी श्रृंखला



काठमाण्डौं। कुनै बेला नेपाली सिने नगरी रेखा र निखिलको आरोप प्रत्यारोप र सार्वजनिक गालीगलौजका खवरले तरंगित थियो । झण्डै तँतँ-मम को अबस्थामा एकअर्काबिरुद्ध उत्रिएका यी दुई स्टार त्यसयता सँगै पर्दामा देखिएनन्, बोलचालसमेत बन्द थियो ।
तर, बागमतिमा धेरै पानी बगिसक्यो र उनीहरुको ‘इगो’मा पनि ठेस लाग्दै गयो । आठ बर्षपछि फेरी यो जोडीले मित्रताको हात बढाएपछि त्यसको प्रतिफल पनि आएको छ ।
रेखा र निखिल आठ बर्षपछि एउटै फिल्ममा काम गर्दैछन् । सविर श्रेष्ठको निर्देशन र गोपाल कायस्थको निर्माणमा बन्न लागेको ‘लुटेरा’मा रेखा र निखिल सँगै काम गर्दैछन् ।
कसरी भयो मिलन ?
उनिहरु किन एउटै फिल्ममा कामका लागि राजी भए ? यसबारे अनेक टिप्पणी भइरहेको भए पनि मुख्य कारणचाहिँ कमजोर बजार भाउ नै हो । कुनै समय निखिल र रेखा यस्तो ‘डन’ मानिन्थे, उनीहरुले अभिनय गर्ने भएपछि जति पैसा पनि लगानी गर्न तयार हुन्थे निर्माता । निखिल र रेखा मात्रै यस्ता कलाकार हुन् जसले माग गरेको पारिश्रमिक सजिलै पाउथे ।
त्यहि दम्भको कारण उनीहरु एक अर्कालाइ मान्छे गन्दैन थिए । ‘मेरो अगाडी उ कोही होइन’ भन्ने भ्रम थियो । यहि दम्भकै कारण आठ वर्ष अगाडी घोषणा गरेका थिए ‘एक अर्कासँग फिल्म नखेल्ने ।’ तर, दुवैलाई समयले धेरै अगाडी हुत्याइदियो र मित्रताको हात फैलाए ।
हिरोसँगको झगडामा रेखा अगाडी
निखिलसँग मनमुटाब सुरु हुँदै गर्दा बिराज भट्टसँग सम्बन्धको हात बढाएकी थिइन् रेखाले । प्रसंग ७ वर्ष अघिको हो । उनका पूर्व श्रीमान छवि ओझा उज्वल घिमिरेको निर्देशनमा ‘किस्मत’ नाम राखेर फिल्म बनाउने तयारीमा थिए भने हिरो फाइनल गर्ने जिम्मा रेखाकै थियो ।
छवि र उनको सम्बन्ध यति राम्रो थियो कि फिल्मको विषय छविले छान्थे भने हिरो हिरोइन रेखाले । किस्मतको हिरोको रुपमा छनौट भए बिराज भट्ट र आर्यान सिग्देल । सुटिङ हुँदै गर्दा रेखाको अभिब्यक्ति आयो -‘अब फिल्म उद्योगमा निखिलको जरुरी छैन, निखल भन्दा धेरै राम्रो अभिनय गर्ने बिराज आइसके ।’
‘किस्मत’को सुटिङ सुरु हुँदा बिराजको प्रसंसा सुरु गरेकी रेखाले किस्मत रिलिज हुँदा नहँुदै बिराजको आलोचना गर्न सुरु गरिसकेकी थिइन् । किस्मत रिलिजताका उनको बुझाइमा बिराज ‘खत्तम’ भैसकेका थिए भने नेपालकै ‘नम्बर वान’ हिरो बनेका थिए आर्यन सिग्देल ।
अन्ततः रेखा र बिराजको सम्बन्धको नियति पनि रेखा र निखिलको जस्तै भयो । दुबैले सँगै फिल्म नखेल्ने घोषणा गरे । तर, रेखा र आर्यान भने निकै घनिष्ट थिए । रेखा फिल्मसकै ब्यानरमा अर्को फिल्म बन्यो ‘कसले चोर्‍यो मेरो मन’ । आर्यान र रेखाले मुख्य भुमिका निर्वाह गरे उक्त फिल्ममा । रेखाकै भाषामा सुटिङ हुँदै गर्दा आर्यान मुलुककै निकै सभ्य नायक थिए भने फिल्म रिलिज हुँदा ताका सबै भन्दा असभ्य भैसकेका थिए । रेखा र आर्यानको जुहारीले गसिप बजार राम्रै चल्यो एक ताक ।
एकपछि अर्को हिरोसँग सम्बन्ध बिग्रदै गएपनि रेखोको फिल्मी करिअरलाई खासै असर परेको थिएन । होम प्रोडक्सन बाहेक पनि वर्षमा ३/४ वटा फिल्म खेलेकै हुन्थिन् । उनमा एकखालको दम्भ थियो ।
आर्यानसँग सम्बन्ध बिग्रे लगत्तै उनको हिमचिम सुरु भयो आयुष रिजालसँग । रेखा फिल्मसकै ब्यानरमा बनेको हिफाजतमा आयुषले मुख्य मुख्य भुमिका निर्वाह गरेका थिए । तर, हिफाजतले बजारमा खासै कमाल गर्न सकेन ।
आयुष र रेखाको सम्बन्ध बिग्रेको छैन तर, रेखाले आयुषलाई भन्दा धेरै भाउ दिन्छिन् किशोर खतिवडालाई । पछिल्लो समय निर्माता सुदर्शन गौतमसँग दोस्ती बढाएकी रेखाको विषयमा अर्को टिप्पणी हुने गरेको छ -‘रेखाले सुदर्शनलाई निकालेको खबर आयो भने आश्चर्य नमान्नु ।’


http://www.onlinekhabar.com/2014/11/205567/#sthash.j8uYvSI9.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.