भेडासँग सम्भोग गरेका विद्यार्थी भन्छन्, ‘परिक्षाका कारण तनावमा थिएँ

sheepभेडासँग सेक्स गरेका विश्वविद्यालयका एक विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएको पुलिसलाई जानकारी दिएका छन् । विश्वविद्यालय फ्रेश्नो स्टेट युनिभर्सिटीका अरु विद्यार्थीहरुले क्याम्पसमा भएको भेडाको गोठबाट अनौठो प्रकारको आवाज आएपछि हेर्न जाँदा उक्त तथ्य फेला परेको बताएका छन् ।   २३ वर्षीय ती विद्यार्थीलाई जनावरमाथि करणी गरेको मुद्दामा पक्राउ गरिएको छ । पक्राउ पछि ती विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएका कारण रक्सी पिएको बेहोसीमा भेडामाथि करणी गरेको स्पष्टिकरण दिएका छन् ।   उक्त क्याम्पसमा जनावरसँग काम गर्ने मारिसा बुर्कडल भन्छन्,‘यो निकै खेदपूर्ण कुरा हो जसले मलाई निकै रुष्ट बनाएको छ । म भन्छु, ती मानिसले किन यस्तो अप्राकृतिक कृत्य गरे ?’   स्कुलमा प्रजननको लागि राखिएको उक्त भेडालाई भेटेनरी डाक्टरहरुले उपचार गरिरहेका छन् । (एजेन्सी) 
/www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.